‘पार्टीको हित र भावना विपरितका अभिव्यक्ति अस्वीकार्य’

कांग्रेस क्षेत्र नं. २ (ख)को सम्मेलन

दाङ,२२ फागुन । नेपाली काग्रेस दाङले पार्टी विधानमा भएको व्यवस्था अनुसार पहिलो पटक पार्टीका विभिन्न तहको सम्मेलन गरिरहेको छ । यसै क्रममा दाङ प्रदेश २ (ख)को प्रथम प्रदेश सभा सम्मेलन आइतबार अम्राइमा सम्पन्न भएको छ ।

सम्मेलनमा बोल्ने बक्ताहरुले पार्टीलाई समय सापेक्ष रुपमा दिशानिर्देश गर्न पार्टीका विभिन्न तहका सम्मेलन महत्वपूर्ण हुने बताएका छन् । पार्टीको विभिन्न तहमा रहेका नेता कार्यकर्तालाई आफ्नो जिम्मेवारी अनुसार काम गर्न आग्रह गर्दै पार्टीलाई पुरानै अबस्थामा फर्काउने गरि संगठन निर्माण र सुदृढिकरणमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापती अमर सिंह पुनले पार्टीले आगामी दिनमा गर्ने कार्यहरुको योजना बनाउने र पार्टीभित्र भएका कमजोरीको समिक्षा गर्नका लागी वार्षिक रुपम सम्मेलन गर्नुपर्ने व्यवस्था गरिएको बताएका थिए । उनले कांग्रेस दाङले सुरु गरेको सम्मेलनले पार्टीलाई दिशानिर्देश गर्ने भन्दै पार्टीको हित र भावना विपरितका अभिव्यक्ति दिएर पार्टीलाई कम्जोर पार्ने कार्य स्विकार्य नहुने बताए ।

पार्टीका नेता कार्यकर्ताले उछृखल ढँगले सामाजिक सञ्जालमा पार्टी हित र भावना विपरित अभिव्यक्ति दिने गरेको देखिएको भन्दै पुनले त्यस्ता अभिव्यक्ति दिने छुट नभएको बताए । सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्ने दायीत्व वहन गरे नेता कार्यकर्ता आफै कृयाशिल हुने बताएका थिए । काग्रेस लुम्बिनी प्रदेश उपसभापती एवं प्रदेश सभा सदस्य राजु खनालले पार्टिलाई पहिलेकै अबस्थामा पु¥याउन सक्ने गरि सँगठन निर्माण र सुदृढिकरणमा लाग्न आबश्यक रहेको बताएका थिए ।

नेता कार्यकर्ता सबैले आफ्नो दायीत्व वहन गरे मात्रै पनि पार्टि चलायमान हुने भन्दै खनालले नेताहरु वडा तथा गाउँ तहमा केन्द्रित हुने कार्यक्रम तय गर्न जिल्लालाई आग्रह गरेका थिए । नेपाली काग्रेस दाङका सभापती शंकरप्रसाद डाँगीले गाउँ टोलका कमिटि देखी माथिल्ला तहका जिम्मेवारीमा रहेकाहरुले आ आफ्नो दायीत्व पुरा गरे दाङमा पार्टी कहिल्यै दोस्रो नहुने भन्दै त्यस्का लागी सम्मेलन गर्न लागिएको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सचिव एवं प्रदेशसभा सदस्य शंकर गिरी, पूर्व जिल्ला सभापती मोहनलाल वली, महासमिति सदस्य भुपवहादुर डाँगी, महाधिवेशन प्रतिनिधि दिपक पाण्डे, प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपाने, क्षेत्र नम्बर २ का सभापती भिमप्रकाश खड्का, २ क का सभापती प्रकाश श्रेष्ठ, नगर सभापती तिलक रावत, तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १९ का इकाई सभापती पदम वली, नेपाल महिला सँघका जिल्ला अध्यक्ष गोमा रावत, नेपाल प्रेस युनियका लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम, नेपाल शिक्षक सँघका अध्यक्ष प्रकाश डाँगीलगायतले देशको वृहत्तर हित र पार्टीको सुदृढीकरण नेपाली काग्रेसको मुल उद्देश्य रहेको बताएका थिए ।

पार्टीको बिधान अनुसार नेपाली काग्रेसले वडास्तरदेखि नै पार्टिलाई चलायमान बनाउन, पार्टीका गतीविधी पारदर्शी बनाउन र अरुहरुलाई पनि पारदर्शी बनाउन यसखालका सम्मेलन महत्वपुर्ण हुने उनीहरुको भनाई थियो । काग्रेस २ (ख)ंका सभापती अभियान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोषध्यक्ष आशाराम नेपालीले आर्थिक प्रतिवेदन तथा सचिब तीलक केसीले साँगठनिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा पार्टीलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका सहभागीहरुलाई उपसभापती शरद समिपले धन्यावाद ज्ञापन गरेका थिए ।