जलवायु परिवर्तनले निम्तिन सक्ने समस्या

भुपेन्द्र सुवेदी
ए भूमिपुत्र हो ! नभुलौँ आफ्नो माटोलाई
नबिर्स है पुर्खाले देखाएको बाटालोई ।
संस्कार, संस्कृति रक्षा गर्न जुटौ सबै
भूधरातल र भूगोल जोगाउन उठौँ अब

जलवायु परिवर्तन र जैविक विविधताका संकटले धेरै प्रकारका क्षति, मानवीय स्वास्थ्य र सबै प्राणी जगतमा पर्दै आएको प्रभावले निकै ठूलो स्थान ओगटेको छ । जसमा शताब्दीकै चुनौतीको रुपमा जलवायु परिवर्तन रहेको तथ्यलाई विश्वव्यापि रुपमा स्वीकार गरिएको पनि छ । यसको प्रभावहरुसँग अनुकूलित समाज निमार्णका लागि यससम्बन्धी ज्ञानलाई सर्वप्रथम स्थानीय स्तरसम्म पु¥याउन आवश्यक देखिन्छ । त्यसका लागि विद्यालयको पाठ्यक्रम अनिवार्य विषयको रुपमा लागू गर्नुपर्ने देखिन्छ ।

नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्रले विभिन्न जिल्लाहरुमा विद्यालय स्तरमा यसबारे चेतना कार्यक्रमहरु सञ्चालन भइरहेको छ भन्ने गरिन्छ । तर सन २०१० बाट जलवायु स्तरमा जलवायु परिवर्तन घुम्ति पुस्तकालयका रुपमा सुरुभएको यो अभियान हाल सम्म नेपालको सम्पुर्ण जिल्लाहरुमा किन पुग्न सकेको छैन ? वास्तबमा जलवायु परिवर्तनको बारेमा आधारभूत कुराहरु बुझ््न नै आवश्यक सामग्रीको अभाव रहेको अनुभव भयो । आजको मुख्य स्थान ओगटेको स्थानीय सरकार स्थानीय तर मा आल स्थापना हुंदै गरेका जलवायु परिवर्तनको सुचना केन्द्र स्बं पुस्तकालयहरुमा यसको बारेका बुझ्न नेपालमा प्रकाशनमा आएका सामाग्रीहरुले सबैभन्दा पहिला स्थानीयहरुमा प्रचारप्रसारको माद्यामको आधारमा सार्वजनिक रुपमा जानकारी पाउनु नागरिकहरुको नै सरकारको हक अधिकार हो ।

भर्खरै ईजिप्टको शर्म अल शेखाईमा दुई हप्ता चलेको संयुक्त राष्ट्र संघिय जलवायु सम्मेलन(कोप) २७ को समापनमा उल्लेख गरिएको जलवायु जन्य क्षेती र नोक्सानीको निर्णयले संसार अझै तड्पिन्छ । तर उक्त सम्मेलनमा धनी राष्ट्रहरुले आफूहरु बाट उत्सर्जित हरित गृह्ेग्यासका कारण जलवायु परिवर्तन भएको र त्यसको मारमा गरिब देशहरु परेको यर्थाथलाई स्वीकार गरी जलवायु जन्य क्षेति र नोक्सानी सम्सोधनका लागी छुट्टै कोष बनाएर पिडित देशहरुलाई सहयोग गर्न राजी भएको समाचार आएकै हुन ।

गरिब राष्ट्रहरुले एकदर्षक भन्दाबढी समयदेखि उठाउदँै आएको मुद्धा को थोचित सम्बोधन भएकोले जलवायू परिवर्तनको विश्ववार्ताहरुमा भएको एतिहासिक निर्णय भनीएको छ । तथा युक्त क्षेती र नोक्सानी कोष लस एण्ड ड्यामेज फण्डको सञ्चालन विधि र त्यसमा पहौंचका थुप्रै सवालको वास्तबिक विष वस्तु तयार भै नसकेको भन्नेहरु धेरै छन् । आजको अवस्थामा विश्वको वातावरणले देखाएको अनुसार जलवायु परिवर्तन संगै जैविक विविधता ह्र्ररास र वायु प्रदुषनको समस्यालाई एकैसाथ सहनु परेको हो । यस्ता तीनथरिकामाहरु संकटल विश्वको अर्थतन्त्र मानव प्रगती,जनस्वास्थ्लाई नकारात्मक मात्र होईन सम्पूर्ण मानव जाती मात्र नभएर विश्वमा जिवित प्राणि जगत समेतको अस्तित्वलाई नै ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ ।

यहाँ भन्ने गरिएको छ पृथ्वीमा प्राणी एवं बनस्पतिको जीवनचक्र निरन्तर रुपमा कायम रहनका लागि वायुमण्डलको औषतमा स्थायित्व हुनु आवश्यक हुन्छ । यद्यपि विगत केहि दर्षक यता ठुूला मूलुकहरुकोे उद्योगहरुबाट उत्पन्न हुन आएको प्रदुषण आदि मानविय क्रियाकलाप बाट तापक्रम बढ्न गएको ले क्रमस, जलवायु परिवर्तन भइरहेको छ भने वैज्ञानिक रुपमा प्रमाणित भइरहेको छ । विगतका धेरै वर्षदेखि जलवायु परिवर्तनका गम्भीर प्रभावहरुदेखिदै आएका छन् ।

त्यसैले जलवायु परिवर्तन सम्बन्धी सबै वर्ष अन्तराष्ट्रिय स्तरदेखि राष्ट्रिय एवम् स्थानीय स्तर सम्म सबैको महत्वको विषय नै आएको छ । यसमा आ–आफ्नो विचार र विश्लेषण होला मौसम परिवर्तन र जलवायु परिवर्तन, दुई अलग–अलग, प्रक्रिया हुन । जलवायु परिवर्तनको सामान्य अवधारणा वारे स्पष्ट हुनका लागि मौसम र जलवायु बीचको बारे स्पष्ट हुन आवश्यक छ । जसमा बायुमण्डलमा स्वभाविक र प्राकृतिक किसिमले निरन्तर रुपमा हावा पानीको गतिविधि सञ्चालन भइरहेको हुन्छ ।

सूर्यको तापवायुको चाप बादल आदि कारणले प्रतेक दिन महिना, ऋृतु अनुसार मौसम बद्लिरहन्छ ,जसले गर्दा जाडो, गर्मी, वर्षा आदि अवस्थाको सिर्जना हुन्छ । यसरी कुनै निश्चित स्थानमा छोटो अवधिमा निरन्तर बढी रहने हावापानीको स्थितिलाई मौसम परिवर्तन भन्ने गरिन्छ । ऋतु जलवायु परिवर्तनका प्रभावले विश्व व्यापि रुपमा धेरै प्रभावहरु देखापरिसकेका छन् भने भविश्यमा समेत कयौँ जोखिमहरु सिर्जना हुने कुरा तर्फ वैज्ञानिकहरुले सचेत गराउदँै आएका छन । हालसम्मका अध्ययन र अनुभवका आधारमा जलवायु परिवर्तनका कारण धेरै प्रकारका समस्या निम्तिदै छन् ।

जलवायु परिवर्तनका कारण जलिए चक्रमा प्रत्कक्ष रुपमा असर पर्दै आएको छ , जसले गर्दा पानी पर्ने क्रमको गहनता, वर्षाको मात्रा, वर्षा अन्तराल, वर्षाको किसिम आदिमा गढ्बढी, हुंदै आएको छ । मन्सुनि वर्षाको समय र तिव्रता पनि बद्लिएको छ । तिव्र तर समय मात्र वर्षा हुने गरेकोले बाढी, पैरो, धेरै हुने र पानीका स्रोत एवं मुहान घट्ने, खडेरी सुख्खायाम, एवं सुख्खापनको वृद्धिका कारण पानीको अभाव भई लाखाँै मानिसले पिउने पानी पाउन गाह्रोे हुने र सिञ्चाईका लागी समेत पानीको अभाव हुने अवस्था सिजना हुदै आएको छ । त्यस्तै अनुबृष्टि र अतिबृष्टि,का कारण बाढी, पैरो, भुक्ष, बस्ती डुबान नदीको बहावमा घटबढ् जस्ता अवस्थाहरु सिर्जना भई मानिसको जिविकोपार्जन, जीवन शैली र स्रोतमा समेत नकारात्मक असर परिरहेको छ ।

यसैले आज विश्वको वातावरणको कहाली लाग्दोे समस्यालाई हामीले पनि ध्यान दिन आवश्यक छ किन र कस्को कारण हाम्रा भएका पानीका मुहान सुके ? किन हिजोको पानीको स्रोत आज घट्यो ? किन कृषिमा ह्रास आयो हिजोको कृषिको तुलनामा आजको दांको कृषिको अवस्था किन न्युन भन्दापनी अति न्युन स्तरमा पुग्यो ? हाम्रै कारण होकी बाढी पैरो, नदी कटान, डुबान, धेरै समस्याहरु आईरहेका छन् तर सामाधानको उपाय भरि जिरो भन्दा फरक छैन । अबको दिनमा खाली नागरिकहरु सचेत हौँ । विश्वको वातावरण संरक्षण गरौ वन तथा वन्य सम्पदाको संरक्षण र सदुपयोग गरौ हाम्रा पानीका मूलचुन ढुंगाको खानीले रित्ताएकै हो अबको पानीको संरक्षण गरौ र जलवायु परिवर्तनको वारेमा प्रतेक विद्यालय स्तर बाटै सचेतनाको कार्यक्रम पाठ्य पुस्तक मै अनिवार्य गर्न आवश्यक छ ।