गोरक्ष समाचारदाता
दाङ, २१ फागुन । आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७९÷०८० को अर्धवार्षिक समीक्षा गोष्ठी आइतवारदेखि घोराहीमा सुरु भएको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिका प्रमुख कार्यकारी अधिकृत शौगतवीर चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आशमानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि आशमानी चौधरीले विपन्न, सीमान्तकृत, अल्पसंख्यक तथा पछाडि परेको समुदायलाई उद्यशीलतातर्फ उन्मुख गराउनुपर्ने बताएकी थिइन् ।
त्यसका लागि थोरै लगानीबाट भए पनि आर्थिक रूपमा सशक्त गर्न लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । उनले गरिबीको रेखाबाट माथि उकास्न लघुवित्त वित्तीय संस्थाहरूले अहम भूमिका खेलेको संस्मर गर्दै देशको मेरुदण्ड भनेकै आर्थिक भएको बताइन् ।
कार्यक्रममा लघुवित्तमा भएका गतिविधि, महत्व, चुनौती र अवसरका साथै आगामी दिनमा संस्थाले गर्नुपर्ने काम, कर्तव्यलगायतको विषयमा योजना सहित महत्वपूर्ण छलफल तथा अन्तत्र्रिmया भएको छ ।
संस्थाका कर्जा अधिकृत विनय चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक गोमा महरा, संस्थाका मिरा चौधरीलगायतले भनाइ राखेका थिए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको सहजीकरण संस्थाका कर्जा अधिकृत कालीदास चौधरीले गरेका थिए ।