Goraksha

National Daily

कविता : संसार चित्र-बिचित्रको

सुलोचना गौतम

देशको ढुकुटी रित्त्याएर भुँडी भर्नेहरू
कोरोनाको नाममा निर्लज्ज दलाली गर्नेहरू

विश्व रोइरहँँदा देशको जिम्मेवारिमा बस्नेले,
ओंठ र तालु सुकेकालाई बेवास्ता गर्नेहरू।।
आफुलाई त्यही ठाउमा राखेरत हेरन हो।।
लिनु मात्र होइन दिनुमा पनि आनन्द छ मुर्खहरू।।

अलिकती त हो आपतमा सहयोग गर्नु पर्ने।।
अरूलाई दिएरत हेर चास्निमा डुबेकाहरू।।
हिजो अग्निपीडितको राहतमा घोटाला भैदियो।।
अनि के गरे त बाढिपिडितलाई रकम छुट्ट्यानेहरू।।

स्वास्थ चेकमा चिकित्सकलाई दिनुपर्ने पीपीई पनि।।
हेर्नुसत लगाएर फोटो खिच्ने जनप्रतिनिधिहरू।।
कसरी लाग्छ र लाज जब लाजै छैन भने।।
सरम देखिएन गुणस्तरहिन पीपीई बाड्नेहरू

आफुलाई निमुखा अनि अरूलाई सामन्ती भन्नेले
आज देखिए आफना भुँडी भरी अरूलाई सोस्नेहरू।