Goraksha

National Daily

भालुको आक्रमणबाट चाैधरी घाइते

ओमप्रकाश गुप्ता

देउखुरी २८ चैत्र । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतवरियाका भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् । शुक्रबार दिउँसो घरबाट स्याउला काट्न भनी जंगल गएको बेला चार वटा भालुको आक्रमणबाट घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते चौधरीको खुट्टामा भालुले चिथोरेको घाउ रहेको छ । दुईवटा माउ र दुईवटा बच्चा भालुले आक्रमण गरेको घाइते चौधरीले बताए । बन्चरो र खुर्पाले हानेर भागी बाँच्न सफल भएको घाइते चौधरीले बताए । घाइते चौधरीको लमही अस्पतालमा उपचार भइइरहेको छ ।