युवराज शर्मा
खेती गर्ने किसानहरुका लागि सिंचाइ कुलो जीवनको आधार हो । यसबाट जमिनलई उर्वर बनाइन्छ । जुन सिंचाइ कुलोको माध्यमले गर्दा पानी पुराउन सकिन्छ र बोटविरुवाहरुलाई आहारा पुग्छ । विरुवाहरु सप्रन्छन् । राम्रो उत्पादन दिन्छन् । हिउँदे र वर्षे बालीका लािग पानी पटाउन अथवा सिंचाइ गर्न सहज बन्छ । वास्तवमा नेपालको अर्थतन्त्रको मापन गर्ने आधार पनि कृषि व्यवसाय हो । जसमा खाद्य उत्पादन पर्छ तर नेपालमा राजनीतिक परिवतृन भए पनि खेतीपातीमा परिवर्तन भएन ।
परम्परागत शैलीमा सुधार आउन, ल्याइए पनि तर सहकारी समूहमार्फत् कृषिमा हरितक्रान्ति ल्याउने नारा दिइयो । यसले विकृतिहरु जन्मायो । खेती गर्ने किसानलाई प्रोत्साहन गरेन । उनीहरुलाई निराश बनाएको छ । व्यवसाय नगरेर कागजी प्रमाण मिलाउनेहरुले रकम पाउने वातावरण बन्यो । सरकारले अर्बौ रकम बाँडेर कृषिमा नयाँ विकास गरेको सन्देश दियोे । सरकारी निकायहरुले सहकारीमार्फत् कृषि विकासको नाटक नागरिकलार्य देखाउका छन् । उनीहरु कमिशनमा रमाएको वातावरण बनेको छ । यसको प्रभावले गदाृ खेती गरी जिउ पाल्नेहरुको जीवनस्तर ओरालो झर्दैछ ।
हिजोका द्वन्द्वकालमा नेकपा माओवादीका नेताहरु लुकेर बसेका खेती गरिखाने वर्गको घर थियो । उनीहरुलाई सस्तो सान्त्वनना बाँडेका थिए । अहिले राज्य सञ्चालक बनेका छन् । उनीहरुले चिल्ला र महँगा गाडीहरुमा यात्रा गरेको, जिल्ला–जिल्लामा घुमफिर गरेको, विलाषी जीवन बिताउको र सामान्य उपचार गर्न विदेशका महँगा हस्पिटलहरुमा गएको देख्छन्, सुन्छन् । उनीहरुको द्वन्द्वले ल्याएको परिर्वन त्यही थियो भन्दै चित्त बुझाउँछन् । आफ्नो काठको हलो, एक हल गोरु, ६ इञ्चको फलामको फाली हेर्दै भन्छन् – हाम्रो जीवन पालने आधार हो । नेताहरुले घरमा भात खाउको नूनको भारा तिरेका छैनन् ।
उनीहरुलाई खेती गरेर जिउ पालने वर्गका घरमा लुकेर नून खाएको बिर्से । त्यस्ता किसानहरु बिरामी भएर उपचार गर्न नसकेर आत्महत्या गरेको समाचार सुन्दा पनि उनीहरुले दुःख प्रकट गर्दैनन् । समवेदना दिनु मुख्र्याइ ठान्छन् । साम्यवादको नारा दिएकाहरुले अहिले पुँजीवादको नारा दिन्छन् । सुरक्षा घेरामा शान्तिको विगुल बजाउँछन् ।पैदल हिड्न छोडे । मोटरमा बसेर प्रहरीहरु प्रयोग गरी यात्रा पनि सुखमय बनाएँछन् । हवाई यात्रामा धेरै रमाउँछन् । गरिब देशका धनी नेताहरुको सवरुप देखाउँछन् । विदेशी आनाज खान्छन् । विदेशी फेशन गर्छन् ।
यसबाट स्पष्ट हुन्छ सर्वहारा नेताहरु हराभरा भएको वातावरण छ । खेती गर्नेहरु पानीले रुझेको बिरालाहरुको जीवन देखिन्छ । नेताहरु हेर्दा गरिब देशका नेताहरु भन्न सुहान्न । नेताहरुमा सामाजिक भावना छेन । व्यक्तिगत स्वार्थमा रमाउने अवसर पाएको ठान्छन् । यस्तो वातावरणमा कसरी विकास र समृद्धि ल्याउन कृषिमा हरितक्रान्ति आउनुपर्छ रु सिंचाइ कुलोको व्यवस्था मिलाएर अथवा सिंचाइका प्रबन्धहरु गरेर भए पनि खेती गर्नेहरुको जीवनस्तर उठाउने गर्नुपर्छ । नेपाल ७० प्रतिशत नागरिक खेतीपातीमा निर्भर छन् ।
उद्योग खोल्न दातृ देशका व्यापारीहरुलई बोलाइन्छ । काठमाडौंमा सरकारी सम्मेलन हुन्छ । किसानहरुको खेतीमा सरकारी ध्यान जान्न । भन्छन्– सहकारी समूहमार्फत् अर्बौ रकम खर्च हुन्छ । खेतीपातीमा विकास भइरहेको छ । खेतीका लागि महत्वपूर्ण क्षेत्र सिंचाइ ठूलो हो । त्यो पक्की बनेको छैन । कतै बनेको छ भने नागरिकको श्रमदान र लगानीमा छ । पक्की बाँध र कुलो पक्की बनाउनेतर्फ सरकारी दृष्टि प्रभावकारी बनेन । सिंचाइ कुलोको महत्व सरकारले राम्ररी बुझ्न सकेको वातावरण छैन ।
सिंचाइको अभावमा खेतीयोग्य जमिन तराई र मध्यपहाडी भागमा २७ प्रतिशत जमिन बाँझो छ । त्यस्ता जमिनलाई उर्वर बनाउनेतर्फ सरकारको ध्यान जाँद्यैन । भन्छन्– यो बाँझो जमिन व्यक्तिको हो ।व्यक्तिलाई सिंचाइ सहयोग गरिन्न । धेरै जग्गाधनीहरुको जमिन भए मात्र सिंचाइ कुलो बनाइन्छ । यसता जमिन बाँझो राख्नेले जरिवाना तिर्नुपर्छ । यो भनाई गणतन्त्रात्मक शैलीको नभएर हैकमवादी प्रवृत्तिको भनाइ पुष्टि हुन्छ । यसबाट स्पष्ट हुन्छ कि नेपालमा राजनीतिक परिवर्तन भयो भने पनि सामाजिक भावना भएन, विकासका उदार नीति आएनन् । स्वार्थ र पक्षधर नीति बने । आफ्ना कार्यकर्तालाई ससवधा दिनेरणनिितका रुपमा सहकारी समूह भएको पुष्टि हुन्छ ।
राजनीतिको पहिलो पाइला कृषि विकास गर्नु हो । खेतीपानीमा जीवन यापन गर्नेहरुलाई सिंचाइ कुलो पक्की गराउनका लागि स्टिमेटअनुसार आर्थिक सहयोग गर्नुपर्छ । खेती गर्ने किसानसँग पैसा हुन्न । उनीहरुसँग श्रमशक्ति हुन्छ । उनीहरुको श्रमलाइ शक्तिमा परिणत गर्न सरकारी सहयोग ाहिन्छ । उनीहरुले प्राविधिक र आर्थिक सहयोगको अपेक्षा सरकारसँग गर्छन् । सरकारको काम पनि नागरिकलाई सहयाग र राहत पु¥याउनु हो । अहिले नेपालमा संघीय गणतन्त्रात्मक शासन व्यवस्था छ । तीन तहका सरकार बनेका छन् ।
सबैको ध्यान केन्द्रित हुने गर्छ तर स्थानीय सरकार मौन छ । त्यहँ सरकारले दिने अनुदानमा काम गर्ने चलन छ । त्यो पनि कम मात्रामा काम हुन्छ ।जनप्रतिनिधिहरु क्रियाशील भएको धेरै ठाउँमा पाइन्न ।जब कि उहाँहरु पनि खेतीपाती गर्नै परिवारबाट आउनुभएको हो । गाउँघरमा बस्नुहुन्छ । गाउँले जीवनशैलीमा हुर्किनु भएको हो । तैपनि गाउँले जीवनसँग अलग भएको महसुस गर्नुहुन्छ । यो । कमजोरीपन स्थानीय जनप्रतिनिधिहरुमा पाइन्छ । उनीहरुलाई स्थानीय तहमा तालिमको अभाव, बाहिरी ज्ञानको कमी, पदीय जिम्मेवारी, कामको पारदर्शी र जवाफदेहीको प्रभाव गाउँ स्तरमा हुन सक्दैन । पदमा पुगेर ठूलो र ज्ञानी व्यक्ति हुने होइन ।
उनीभन्दा धेरै ज्ञानी र गुणी मान्छेहरु गाउँमा धेरै छन् ।खेतीपातीमा अनुभवीय ज्ञानका भण्डार छन् । खेती गर्न माटो, पानी र हावा चाहिन्छ तर मौसम परिवर्तनले गर्दा हावामा चाँपीय विन्दु परिवर्तन हुन्छ । यसको असर वर्षामा पर्छ । पानीको अभाव पनि वर्षाका कारण घटबढबाट हुन्छ । साथै मानव जीवनको रक्ष पनि माटो, पानी र हावामा निर्भर हुन्छ । जीवन निर्भरका लगि खेती महत्व हुन्छ । त्यसका लागि सिंचाइ कुलोको ठूलो महत्व हुन्छ तर सरकार तीत तहका भए पनि खेती गर्नेवर्गलाई कुनै तहको सरकारले प्रभावकारी कार्यशैली किसानहरुलाई देखाएनन् ।
खेतीका समयमा मल, बिउ, ओखती पैसा तिर्दा पनि पउन सकेका छैनन् । सबैले दोष दिन्छन्– कृषिमन्त्रीलाई । जब कि कषिका सामग्रीहरु आयात गर्ने मन्त्रालय आपूर्ति मन्त्रालय हो । वितरण गर्ने संस्था कृषि सामग्री संस्था हो । खरिद गर्न रकम निकासा दिने अर्थ मन्त्रालय हो । वितरण प्रबन्ध मिलाएर विक्री गर्ने सहकारीहरु छन् । शान्ति सुरक्षको प्रबन्ध मिलाउने पनि गृहमन्त्रालय हो । कृषि, आपूर्ति, अर्थ, कृषि सामग्री, सहकारी गृहमन्त्रालयको समन्वयात्मक कार्यशैली नअपनाएपछि किसानहरुले समयमा खेतीपाती गर्न सक्दैनन् ।
त्यस्तै प्रकारको समस्या पनि सिंचाइ कुलोमा पर्छ । यसका लागि स्थानीय सरकार, सिंचइ मन्त्रालय, अर्थ मन्त्रालय, ठेकेदार र इन्जिनियरको भूमिका ठूलो हुन्छ । मानिसको जीवन यापनका लागि खाद्य, पेय पदार्थ, तरकारी, तेल, दाल र गेडागुडी उत्पादन हुने वस्तुको खेतीपती गर्नुपर्छ । यी वस्तुहरु खेतीबाट मात्र सम्भव छ । राम्रो सिंचाइ प्रबन्ध नभएसम्म उत्पादनमा ह्रास आउँछ । खाद्य वस्तुहरुमा अभाव सिर्जना हुन्छ । देश विकास गर्न कृषिमा उत्पादन नबढाएसम्म देशको विकास गर्छौँ भन्ने नेताहरुको दिवास्वप्न सफल हुन्न । त्यसकारण सिंचाइ कुलोको महत्व छ ।