लमही बजार बिहान सधैं खुल्ने
शिवराज खनाल
लमही चैत्र २८ । देउखुरीको केन्द्रकारुपमा रहेको लमही बजारमा अब अति आबश्यक खाद्यान्न र तरकारी पसल दैनिक खुल्ने भएका छन् ।
यो निर्णय हुनुभन्दा पहिले आइतबार, मंगलबार र शुक्रबार मात्र ति पसलहरु खोल्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेपनि त्यस्तो निर्णयले बजारमा अत्यधिक भिड देखिन थालेपछी शनिबारदेखि नै लागू हुनेगरि दैनिक खुल्ने भएको हो ।
अत्याधिक भिडभाडले गर्दा कोरोनाको संक्रमण झन बढ्न सक्ने भएकाले देउखुरी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सँगको परामर्शमा बिहान ६ बजेदेखि ९ बजेसम्म खरिद बिक्रि गर्नेगरी दैनिक खोल्ने निर्णय गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
