व्यवसायसँगै समाजसेवा गर्न पाउँदा …

सानो उमेरमा उनी व्यवसाय सँगसँगै सामाजिक अभियान्ताको रूपमा लागे त्यो सँगै अहिले उनी नेपाली कांग्रेस तुलसीपुर नगर समितिको सचिव छन् । पार्टीका विभिन्न कार्यक्रम होस् वा समाजमा हुने विभिन्न काममा उनी अहिले सक्रिय छन् । आफ्नो उपस्थिति र आफ्नो जिम्मेवारी उनले पूरा गर्ने गरेका छन् ।

पछिल्लो समयमा सक्रिय रूपमा सामाजिक सेवा तथा राजनीतिमा लागेका छन् । घोराही–७ सौँडियारमा वि.सं. २०४१ सालमा जन्मेका बिमल पौडेल मिजासिला सहयोग र सबैका मनमा बस्न सफल भएका छन् । उनी खुसीका साथै राजनीतिमार्फत् समाजसेवा र आफ्नो व्यवसाय सञ्चालनका साथै सामाजिक काममा लागेका छन् । उनी सधैँ खुसी हुने गरेको बताउँछन् । उनले नेपाली कांग्रेसजस्तो ठूलो पार्टीमा पहिलो पटक नगर सचिव पदमा चुनाव लडेर आफू निर्वाचित हुँदा निकै खुसी भएको सुनाए । उनले आफू सामाजिक कार्य र विभिन्न संघसंस्थामा काम गरे पनि राजनीतिमा त्यति धेरै नलागेको र पहिलो पटक नगर सचिवजस्तो पदमा चुनाव लडेर जित्दा आफू निकै खुसी भएको सुनाए ।

उनले सबैको माया, ममता र सहयोगमार्फत् आफू सचिवजस्तो गरिमाय पदमा निर्वाचित हुन पाउँदा निकै खुसी लागेको सुनाए । उनले आफूहरू निर्वाचित भएपछि सभापति सुरेश हमाल सहितको टिमले तुलसीपुर स्थित कांग्रेस पार्टी कार्यालय निर्माण गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । ‘हाम्रो सबै टिम र सबै व्यक्ति संघसंस्था र साथीभाइ, अग्रज नेताज्यूहरूको सहयोगमा पार्टी कार्यालय निर्माण र व्यवस्थापन गर्न पाउँदा अर्को खुसी मैले पाएको छु’, उनले भने । त्यस्तै पार्टीमा पनि विभिन्न जिम्मेवारी पाउँदा र जिम्मेवारी निभाउँदा पनि अर्को खुसी लाग्ने गरेको पौडेलले बताए ।

विसं २०७३ सालमा आफू तुलसीपुर नगर जेसीजको अध्यक्षको जिम्मेवारी पाउँदाको दिन जीवनकै सबैभन्दा बढी अर्को खुसी मिलेको उनले सुनाए । । त्यो दिन म असाध्यै खुसीले गदगद भएँ, जुन दिन सयौँ मानिसको उपस्थिति थियो । त्यसमा मेरो परिवार, छोरी सबै हामी जम्मा भएका थियौँ । बाजाहरू बजिरहेका थिए, फूलका माला र तुलसीपुर नगर जेसीजको अध्यक्षको जिम्मेवारी बोकाएर मलाई चाँदीको माला पहिराइदिँदाको क्षण म जीवनकै खुसीको महशुस गरेँ । मलाई लाग्यो मेरो काँधमा समाज सेवाको जिम्मेवारी आयो अब समाजमा केही काम गर्नुपर्छ भन्ने मलाई लाग्यो ।

युवाहरूको संगठन जेसीजको नेतृत्व गर्न पाउँदा र मलाई त्यो जिम्मेवारी मिल्दा मेरा आँखाबाट खुसीका आँसु समेत आएका थिए । उनले तुलसीपुर नगर जेसीजमा लागेर विभिन्न पदहरूमा बसेर विभिन्न काम गर्न पाउँदा आफूलाई खुसी लागेको सुनाए । यसैगरी पौडेलले आफू केवानिज क्लव सन् २०२२ को संस्थापक अध्यक्षको रूपमा रहेको पौडेलले यसको एसप्याक कन्भेन्सन मलेसीमा मार्चमा हुन लागेको र त्यसमा सहभागी हुन जान पाउँदा अर्को खुसी लागेको बताउँछन् । पौडेल साइकल एसोसिएशनका कोषाध्यक्ष समेत रहेको र २ सय किलोमिटर साइलका दाङदेखि नेपालगञ्जसम्म चलाएको भन्दै उनले साइकल चलाउन पाउँदा पनि अर्को खुसी लाग्ने गरेको बताउँछन् ।

यसैगरी पौडेलले अर्काे खुसी घरमा छोरीको जन्म हुँदा भएको बताए । मेरो अर्को खुसीको क्षण घरमा लक्ष्मी भित्रिँदाको हो । पहिलो पटक मेरो घरमा छोरीको जन्म हुँदा पनि मलाई खुसी लागेको थियो । यसैगरी पौडेलले तुलसीपुरको ज्ञानज्योति प्राविमा सरस्वतीको मन्दिर निर्माण गर्दा पनि खुसी लागेको बताए । आप्mनी स्वर्गीय आमाको सम्झनामा सो विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्न पाउदा निकै खुसी लाग्यो । उनले पहिलो पटक तुलसीपुरमा व्यपार गर्न सुरु गर्दा पनि खुसी भएको बताए । मलाई अर्को खुसी विसं २०६४ सालमा तुलसीपुरमा व्यापार सुरु गर्दा लागेको हो ।

त्यतिबेला मलाई व्यापार राम्रो हुने हो होइन भन्ने चिन्ता लागेको थियो, हाल आएर सो व्यवसाय राम्रो हुँदा पनि खुसी लागेको छ । पहिले ऋणधन गरेर सानो पुँजीबाट सञ्चालन गरेको व्यापार फष्टाउँदै गएको छ, म त्यसैमा खुसी छु । यसैगरी पौडेलले विसं २०७३ सालमा अग्निपीडितका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको बताउँछन् । उनले आफ्नी छोरीको जन्मदिनमा हुने खर्चले उनीहरूलाई शैक्षिक सामग्री वितरण गर्न पाउँदा सो दिन खुसी भएको बताउँछन् । समाजमा केही नयाँ काम गर्न पाउँदा र बोलेको कुरा पूरा गर्न पाउँदा आफू खुसी हुने गरेको बताए ।

उनले अनाथ बालबालिका, असहायलाई सहयोग गर्न पाउँदा पनि खुसी हुने गरेको बताउँछन् । पौडेलले विसं २०७१ सालमा इन्टरनेशनल मोबाइल सर्विसले राप्ती अञ्चलको उत्कृष्ट पुरस्कार काठमाडौंमा दीपक मलहोत्रा नेपालकै उत्कृष्ट व्यापारीको हातबाट पुरस्कार पाउँदा पनि खुसी लागेको बताउँछन् । मेरो एकपछि अर्का सफलता हात पर्दै गएकोमा पनि खुसी छु । मैले मोबाइल पसल गरेपछि उत्कृष्ट पुरस्कार हात पार्दाको दिन मलाई खुसी लागेको थियो । सामसुम मोबाइलको अधिकृत विक्रेता भएका कारणले मैले सो पुरस्कार पाएको हुँ । यसैगरी पौडेलले कलर्स मोबाइलेबाट थाइल्याण्ड भ्रमणमा जान पाउँदा पनि खुसी भएको बताउँछन् ।

‘मेरो व्यापार व्यवसाय रामै्र छ, राजनीति र समाज सेवा गर्न पाएकोमा आफू खुसी भएको बर्ता । मानिसले खुसी प्राप्त गर्न संघर्ष गर्नुपर्ने रहेछ । खुसी लगनसिलता र धीरता गरेपछि आफै मिल्दोरहेछ । ‘मलाई समाज सेवा गर्ने पहिलेदेखिकै मेरो चाहना हो, जेसीजजस्तो पवित्र युवाहरूको संगठनमा लागेर सेवा गर्न पाए र अहिले राजनीतिमा लागेर सेवा गरिरहेको छु’, उनले भने, ‘म त्यसैलाई पहिलो खुसी सम्झेको छु । अन्य घरायसी खुसीहरू पनि छन्, त्यसभन्दा पनि व्यापार व्यवसाय फष्टाउँदै गएको र समाज सेवामा लाग्न पाएकोमा म निकै खुसी छु ।’

प्रस्तुती : बालाराम खड्का