लक्ष्मण बस्नेत
दाङ,२८ माघ । दंगीशरण गाउँपालिका अन्तर विद्यालयस्तरिय पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को बिजेता बिरेन्द्र मावि हेकुलीले शिल्ड कब्जा गरेको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा तीन दिनसम्म संचालित प्रतियोगिताको बिजेता बनेको बिरेन्द्र माबिलेलगातार तीन वर्ष जित निकाल्दै रनिङ कब्जा गरेको हो । उसले ११ स्वर्ण, १४ रजत र २ कास्य पदक जित्यो ।
उपाधीसंगै उसले नगद २० हजार हात पारेको छ । यस्तै सिद्ध पृथ्वी माबी श्रीगाउ ७ स्वर्ण,७ रजत र ९ कास्य पदकका साथ दोस्रो भएको छ । उसले नगद १५ हजार पार्यो । त्यस्तै ज्ञानोदय ईङ्लिस बोर्डिङ स्कुल सरुवाडाडा ५ स्वर्ण,१ रजत र ७ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पार्यो । त्यस्तै जनता माबी बुटुनिया ३ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ सान्त्वना स्थान प्राप्त गर्यो ।
तिन दिनसम्म संचालित प्रतियोगितामा एथलेटिक्सतर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रार छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका निजी तथा सामुदायीक गरि ८ बिधालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको थियो ।
सो अबसरमा बिजेता बिधालय र खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रातर्फ बिरेन्द्र माबी हेकुलीका सुचना चौधरी,छात्रतर्फ सिद्ध पृथ्वी माबी श्रीगाउका दिनेश परियार , त्यस्तै कबडीतर्फ सिद्ध पृथ्वी माबी श्रीगाउका गोपाल केसी,छात्रातर्फछात्रा माया घर्ति, भलिबल छात्रातर्फ बिरेन्द्र नमुना माबी हेकुलीका टीका भुसाल,छात्रतर्फ बिन्दवासिनी बालमन्दिर प्रसडुवाका अशोक चौधरीलाई गाउँ पालिका अध्यक्ष शम्भु गिरि,गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक रोषणजंग शाह, प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर वली,शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वली,प्राबिधिक सहायक उमा केसीलगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्य र सचिवालय सदस्य प्रदिप चन्दले गर्नु भएको थियो ।