दाङको तुलसीपुरमा अन्तरास्ट्रिय कुस्ती प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
तुलसीपुर,२८ माघ । दाङको तुलसीपुरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएकोछ ।

युथ अफ तुलसीपुरको आयोजना संचालन हुने प्रतियोगिता यही फागुन ११ गतेदेखि दाङ तुलसीपुर अरनिको मैदानमा युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिएका छन् ।

कुस्ती खेललाई नेपालमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लहरे बताए । फागुन १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ३७ जना खेलाडीको सहभागिता रहेनेछ। जस अन्तरगत ३० जना भारतीय पुरुष खेलाडी, दुई जना भारतिय महिला खेलाडी र पाँच जना नेपाली पुरुष खेलाडी रहनेछन् ।