निरला अर्याल
तुलसीपुर, २८ माघ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले शिक्षाको क्षेत्रमा आइडियल इंग्लिश बोर्डिङ स्कुलले समाजमा फरक पहिचान बनाउन सफल भएको बताएका छन् ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न समयमा विधागत कार्यक्रम गरी नमूना विद्यालयको रूपमा स्थपित भएको बताएका हुन । आइडियल इङ्लिस बोर्डिङ स्कुलको अभिभावक दिवसका अवसरमा शनिवार कार्यक्रमका प्रमुख अतिथि टीकाराम खड्काले यस्तो बताएका हुन ।
विद्यार्थीले गरेको शैक्षिक गतिविधिमा अभिभावकसंग छलफल गरी अगाडी बढ्न आग्रह गर्दै सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिन सुझाब दिएका हुन । नगर प्रमुख खड्काले पाठ्यक्रममा स्थानीय कला संस्कृति,भाषा, पर्यटन प्रवर्दधनका लगायतका विषयबस्तु समावेश गरी नैतिकवान असल नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रमका विशिष्ठ अथिति इलाका प्रहरी कार्यालयका तुलसीपुरका प्रमुख पुष्पराज मल्लले बालबालिकाको अधिकारलाई सुरक्षित र संरक्षण गर्न विद्यालयको भूमिका महत्वपूर्ण रहने बताए । बालबालिकालाई कुलतबाट बच्न तथा सही मार्ग दिशानिर्देश गर्न घर परिवार, विद्यालयको सक्रियता सशक्त हुनुपर्ने बताए ।
अभिभावक भेलामा विद्यालयका पदाधिकारी भिगोर कोजिकानमले गोलबल लेभलमा प्रतिस्पर्धा हुन सक्ने विद्यार्थी उत्पादन गर्ने आइडियल इंग्लिश बोर्डिङ स्कुलको प्रमुख उद्देश्य रहेको बताए । वर्षभरीमा विद्यालयले गरेको प्रगतिको समीक्षा तथा विद्यालय र अभिभबाककाबीचको सम्बन्ध सुमधुर राख्न कार्यक्रमको आयोजना गरिएको कोजिकानमको भनाई थियो।

विद्यालयमा पुराएको योगदानको उच्च कदर गर्दै शिक्षक शिक्षिका जुनु धिताल, सरिता वोहोरा, मनिषा बस्नेत, अजित खनाल र मुना विसी रावललाई सम्मान गरिएको थियो ।प्रत्यक विद्यार्थीलाई अनुशासन तथा आत्मविश्वास वृद्धि गर्न मंचमा सहभागिता गराई आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
विद्यार्थीले विभिन्न गीत, गजल, नृत्य, नाटकलगायत सन्देशमुलक कथा कविता प्रस्तुत गरेका थिए । कोभिडका कारण विगत २ वर्षदेखि स्थगीत रहेको अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको विमला कोजिकनमले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण क्रिस्टिना बुढाथोकी र लुसेन् बस्नेत, सुनिल श्रेष्ठले गरेका थिए ।