सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन्, स्वत: पदमुक्त

धनगढी,२६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सभासमक्ष राखेको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको छ ।

सभामा रहेको बहुमतले उनको प्रस्ताव अस्वीकृत गरेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ ।
योसँगै रावलले विश्वासको मत पनि लिन सकेनन् । उनले विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त हुनेछन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नेछ ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र भने विपक्षमा छन् ।
कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् ।