नेविसंघद्वारा दीप प्रज्वलन

दाङ,२६ माघ । नेपाल विद्यार्थी संघले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आठौ स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको नेतृत्वमा विद्यार्थीहरुले घोराहीस्थीत नेपाली कांग्रेस पार्टी कार्यालयमा दीप प्रज्वलन गरेका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालाको ८० वर्षको उमेरमा २०७२ साल माघ २६ गते निधन भएको थियो ।