जामिया सिराजुल उलुममा पुरस्कार वितरण

कपिलवस्तु, २६ माघ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफियामा सोही मदरसाका विद्यार्थी संगठनको आयोजनामा क्रिकेट, भालिबल, कबड्डी, दौड खेल सम्पन्न भएको तथा एक कार्यक्रम बिच पुरस्कार वितरण गरिएको छ ।

जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका अध्यक्ष समिम अहमद नदवीको अध्यक्षता तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा मदरसामा हालै सम्पन्न भएको खेलकूद प्रतियोगिता तथा बर्षभरी भएको खेललगायत अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको मदरसाका अध्यापक डा अब्दुल गनि अल्कूफीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलले विद्यार्थीमा सामुहिक भावनाको विकास गराउनुका साथै शारीरिक र मांसिक रूपमा व्यक्ति लाई सबल बनाउने हुदाँ उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई होसला प्रदान गरेका थिए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खान, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, शैख अब्दुल रशीद मदनी, कमरूद्दिन रियाजी, शैख खुर्शीद सल्फी, मौलाना अब्दुल सकुर मदनी, अब्दुल रहिम, अब्दुल नूर, मौलाना असलम मदनी, असरफ खान लगायत शिक्षा प्रेमी, समाजसेवी, विद्यार्थी हरूको उपस्थित रहेको थियो

कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना तथा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक जोगेंद्र केसीलाई सम्मान गरिएको थियो ।