calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

निर्माण ब्यवसायी महासंघले झण्डै २ करोड कोरोना कोषमा सहयोग गर्दै

घोराही, चैत २८ । सरकारले बनाएको कोरोना भाइरस नियन्त्रण कोषमा नेपाल निर्माण ब्यवसायी महासंघले १ करोड ९१ लाख रुपैंया सहयोग गर्ने जनाएको छ ।

महासंघमा आवद्ध सबै निर्माण ब्यवसायिहरुसंग सहयोग उठाएर केन्द्रीय विपद कोषमा १ करोड र सात प्रदेशलाई १३ लाखका दरले रकम सहयोग स्वरुप उपलब्ध गराउने निर्णय भएको जानकारी महासंघ प्रदेश ५ का अध्यक्ष वलिभद्र रानाले जानकारी दिए । कोरोनाको महामारीको रोकथाम र उपचार गर्नका लागि राज्यलाई सहयोग पु¥याउने उद्देस्यले यसरी सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको रानाले बताए ।

उनले एक करोड सहयोग रकम केन्द्रिय महासंघले सरकारको विपद कोषको खातामा जम्मा गरीदिने र सातवटै प्रदेशस्तरीय निर्माण ब्यवसायि महासंघले १३ लाखका दरले प्रदेश सरकारहरुलाई सहयोग उपलब्ध गराउने छन् । उनले जिल्लास्तरीय संघले पनि सहयोग गर्ने जानकारी गराए ।