calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

वरिष्ठ नेता पौडेलले गरे बिज्ञहरुसंग संवाद : ‘आर्थिक संकट सुधार्न कृषि क्षेत्रलाई प्रथामिता’

काठमाडौं चैत २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार विज्ञहरुसंग छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, प्रो डा इन्जिनियर कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सहभागि थिए । उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो । विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए ।

छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषि क्षेत्रमा कसरी गर्न सकिन्छ भन्ने बारेमा विज्ञहरुसंग सुझाव मागेका थिए ।