देश र जनताको कसम, कुर्सी र पदमा बसम

मधुसुदन सुवेदी
हेर्नुस् त ! देशको राजनीति कहाँ पुग्यो, हर्नुस् त खिचडी सरकारको सोच कहाँ पुग्यो ? आज पनि कर्सी र पदकै बाँडफाँड, भोलि पनि कुर्सी र पदकै बाँडफाँड, पर्सि पनि कुर्सी र पदकै बाँडफाँड । आज कुरा मिलेन पदकै विवादले, भोलि कुरा मिलेन कुर्सीकै विवादले, पर्सि कुरा मिलेन पदकै विवादले ।

साच्चिकैको कसम देश र जनताको लागि भएको भए यो रडाको केको लागि हुने थियो ? केवल नक्कली र झुठको कसम हुनाले सबै कुरा कुर्सी र पदकै भागबण्डामा अल्झिएको छ । सरकार आज हो कि भोलि ? भन्ने अवस्थामा जाँदासम्म कसैलाई होस र चेत छैन । एउटालाई हटाउने र अर्केलाई स्थापित गर्ने नजीर बसेको यो मुलुकमा फेरि पनि सरकारको भविष्यदेखि एक सरकार बनेकै दिनबाट कसलाई विस्थापित गर्ने र कसलाई स्थापित गर्ने भन्ने दाउँ ढुकेर बस्नेका लागि कुन कुरा चिरस्थायी होला ?

आज चुलोचौकादेखि लिएर सिंहदरबारसम्मका कुरामा सर्वोचच अदालतको ढोका खोल्न जाँदा न्यायालयलाई समेत विवादमा तान्ने काम राजनीतिले गर्दै छ । साना–साना कुरा देश हाँक्नेले बुझ्न नसक्दा, पचाउन नसक्दा र पत्ता लगाउन नसक्दा सर्वोच्चको सहारा चाहियो । सर्वोच्चको सहारा पनि खोज्ने र उसैलाई प्रश्न गर्ने सरकारको दोहोरो नीतिले आम जनतालार्य समेत भ्रमित र चकित पार्दैछन् । सरकारमा प्रवेश नगर्दासम्म लोकप्रिय र सम्मानित हुने तर सरकारको पद र कुर्सीमा बस्ने बित्तिकै उसले लगाएको कपडामा समेत राष्ट्रियता खोजेर मुद्दाले छिनोफानो लगाउने जो प्रयास हुँदैछ यो अन्तर्राष्ट्रिय कानुनको समेत उल्लङ्घन हुँदैछ ।

देशको स्वच्छ छवि माथि कर्लक लाग्दैछ । यो राज्यमा त्रुटिविहीन व्यक्ति कोही होला ? अझ नेपालको सन्दर्भमा त धेरै कुरा हुर्ने पर्दैन । केवल भ्रष्ट आचरणलाई मूल विन्दु बनाएर त्यसको निरोपण गर्ने हो भने भ्रष्ट आधार र भ्रष्ट आचरण भएकालाइृ चुलोचौको समेत बारौँ भन्नेका लागि सिंहदरबार खुल्ला होला र ? यो देश भ्रष्ट आचरणमा कहाँ पुगे ? दिलभित्रको कुरालाई पहिलो प्राथमिकता नदिएर दिलबाहिर किन कुदेका होलान् ? जसको दिल सफा छैन त्यसले लगाएको सफा कपडा र त्यसले बालेको मीठो बोलीको अर्थ के छ ? नेपालमा बनेका सरकार ढाल्न अरु चाहिने रहेनछ, आफ्नै कारणले ढल्दा रहेछन् ।

सरकार ढलेपछि र सरकार गिरेपछि सरकारका प्रमुख व्यक्तिले लगाउने आरोप देशी र विदेशी शक्रि भन्ने कुरा नितान्त झुठ र भ्रमपूर्ण लाग्यो । केवल आफ्नै कारणले प्रधानमन्त्रीले नै सरकार ढल्ने र ढाल्ने वातावरणको सिर्जना गर्दा रहेछन् । कुर्सीमा बस्ने बित्तिकै आउने भित्रिी र बाहिरी शक्तिलाई स्वविवेकले ढाल्न नसक्दा आफ्नो पद गुमाउन पुग्दा रहेछन् । वतृमान सरकारको दिन गन्न सुरु भइसक्यो । किनभने यसको शिकार वर्तमान प्रधानमन्त्री बन्दैछन् र बनाइँदैछ । सरकारले पूर्णता पाएको छैन । प्रादेशिक सरकार गठन भएकै छेन । सम्पूर्ण सरकारी संयन्त्र बनेकै छैन । यो अपूर्णकालीन घडीमा देशका सांसद, मन्त्री जसता कुरामा न्यायालयको रिमार्क गर्ने अवस्था आयो । यो किन सिर्जना भयो ? यो कुरालाई पहिले नै किन ख्याल गरिएन ।

कसैलाई फसाउने नियतले पद र कर्सीमा बसाल्न उकास्ने र पछिबाट लात हानन फेरि चारैतिरबाट शक्तिको प्रयोग गर्नुले नेपालको भविष्य के होला ? सर्वोच्चमा मुद्दा हाल्ने र हाल्न लगाउने गिरोह को छ ? यहाँ मुद्दा हाल्न र मुद्दा दिन नमिल्ने व्यक्ति को छ ? उसको जनताको कुण्डली हेर्दै जाने हो भने सर्वोच्चको कानु नलाग्ने नेता को छ ? सबै न्यायालयको फन्दामा पर्छन् । अब नेपालमा धन्दा मुद्दा मामिलाको चलाउने हो त ? यही संस्कारको विकास गर्ने हो ? एउटालाई दोषी घोषणा गर्ने निकाल्ने, अर्कोलाई दोषी घोषणा गर्ने, निकाल्ने, सबै निस्किएपछि देश चलाउने कसले ?

लाज माननु पर्छ कि पर्दैन ? यदि आजकै संस्कार, आजकै आचरण, आजकै अभ्यास र आजकै कसरत नेपालमा अबको एक वर्ष सञ्चालन गर्ने हो भने नेपालका कुनै पनि दलित व्यक्तिले पानी समेत भन्न पाउने छैनन् । किनभने एकले अर्काको जरो खन्दै जाने हो भने कसैको जरो पनि सफा, स्वच्छ, पवित्र, निष्कलंक र निर्मल भेटिने छैन । जब दोषी , दागी देखिनेछ तब सर्वोच्चले रिमार्क गर्नेछ र सबैको पद र कुर्सी चल र छट हुनेछ । निर्दोषी सावित पहिले आफू हुनुपर्नेछ अनि मात्र अरु माथिको प्रश्न उचित हुनेछ । भ्रष्टाचारीले भ्रष्ट शब्दको अर्थ ठेट र वास्तवकि लेख्न र देख्न सक्दैन । नेपालमा सबैलाई राम्रा पनि नभनौँ, नेपालमा सबैलाई हाम्रा पनि नभनौँ । हामीसँग भएका नराम्रा र तिम्राबाट राम्रा र हाम्राको आभाष दिने प्रयत्न गराँै ।

देशले खोजेको द्वन्द्व र पीडा होइन । देशले खोजेको शान्ति र विकास हो । सरकारभित्रको कुने पनि व्यक्ति दोषी हुनु भनेको सिंगो सरकार नै दोषी हुनु हो । भोलिका दिनमा गलत र दोषी हुने व्यक्तिलाई हतारहतारमा पद र कुर्सी दिने व्यक्तिको के हुन् ? खोज्ने कि नखोज्ने ? अब सरकारको आयुमाथि गम्भीर प्रश्न चिह्न खडा हुँदैछ । कसैका लागि फालिएको अस्त्रले आफूलाई पनि मर्माहत गर्छ भन्ने कुराको हेक्का सबैमा हुनु जरुरी छ । यो फ्ल्प अभ्यास बन्द गर । भोलिका दिनमा जनता समेत सर्वोच्च लानु नपरोस् । कुन दलको कुन नेताको जरो कस्तो भन्ने कुरा नेपाली जनतामा समेत लुकेको र छिपेको छैन ।

जनताले लेखेको सविधान भन्नेले जनअदालतको डर मान्ने कि नमान्ने ? जनताको अदालतले दोषी सावित ग¥यो भने सफाइ कहिल्यै पाउने छैनौा । ख्याल गर । नेपालमा फेरि राजनीतिक संक्रमण भित्रिसक्यो । यसको समयमै उपचार गरिएन भने दलीय प्रणाली नै ध्वस्त होला । देश र जनताका नाममा खाएको कसम यदि नक्कली, झुट, बेइमानी र नाटकीय भयो भने त्यसले बिनाशकारी बाटो निम्त्याउनेछ । देश र जनतालार्य भुलेर र पद र कुर्सीको भागबण्डामा लागेर अमूल्य समय खेर फालेमा ठूलो धोका होला ।