calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

वन गस्तिका क्रममा १० जना पक्राउ

हेमराज शर्मा
दाङ,चैत २७ । लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरि तस्करी तथा सिकारका घटनाहरु वढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले थालेको वन गस्तिले वन पैदावारमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

अत्यधिक जोखिमका साथ आठ वटै सव डिभिजन कार्यालय स्तरवाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरवाट पुरै क्षेत्र गरि प्रभावकारी रुपमा गस्ति गर्ने कार्य भईरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । सवैजसो कर्मचारीहरुलाई चरणवद्द रुपमा रात्री तथा दिवा सिफ्ट वनाई गस्ति भईरहेको र यसवाट वन संरक्षणलाई प्रभावकारी वनाउनुको साथै विभिन्न वन अपराधमा संलग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही अगाडी वढाईएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

वन गस्ति टोलीले लमडाउन अवधिभर भएका बिभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जनाएको छ । यस अवधिमा तीन वटा टेक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको छ । सयौ क्यूफिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ । दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले लकडाउन पूर्व काठ तस्करीका घटनाहरु नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताउनुभयो । यसपटक तस्करी नहुने नयाँ ठाउमा तस्करी भएको पाइएको बताउनुभयो । गस्तिका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरु पक्राउ परेको ज्ञवालीको भनाई छ । गस्तिले बनमै रुख ढालेर काठका रुपमा काटिरहेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । लकडाउन भएपछि मजदुर काम रोकिएको र वनमा गएर काठ काटेपछि कमाई हुने लोभमा तस्करीमा लागेको हुनसक्ने पाइएको ज्ञवालीको भनाई छ ।
विगत देखिनै अनुसन्धानको क्रम जारी रहेको अभियुक्तले गर्दा हाल डिभिजन वन कार्यालयमा १० जना अभियुक्तहरु थुनामा रहेका छन् । सामान्यतया ४ देखि ५ जनालाई नियन्त्रणमा राख्न सकिने क्षमता रहेको शसस्त्र वन सुरक्षा शाखाको थुनामा अहिले १० जना रहदाँ व्यवस्थापनमा केहि समस्या परेतापनि आजै देखि कोराना भाइरसको समेत जोखिमलाई मध्यनजर गरि थप थुनुवा कक्षको विस्तार गरिएको व्यहोरा समेत जाहेरी गरिएको कार्यालयले जनाएको छ ।
चैत १० गते तुलसीपुर महानगरपालिका वडा नं. १८ को कातिक रानी सामुदायिक वनमा सालको २ वटा रुख काटी गोलिया वनाई लैजान आटेको क्रममा डिभिजन वन कार्यालय, दाङको गस्तिको टोलिले गोलिया काठ थान १६ को परिमाण ११७.२१ घ.फि. सहित रा १ त ११७७ नंबरको ट्याक्टर थान १ र घटनामा संलग्न ट्याक्टर मालिक घोराही १२ रतनपुर वस्ने सुदन गिरि लाई पक्राउ गरि गरेको कार्यालयले जनाएको छ ।
यसैगरी चैत २२ गते घोराही उपमहानगरपालिका वडा नं. १२ ज्यामिरे खोला स्थित भालुचिप्ला सामुदायिक वनमा गोलिया काठ चिरान भइरहेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालय, दाङवाट खटिएको गस्ति टोलीले साल जातको १ वटा रुख कटान गरि टुनटुक्रा गरि चिरान गरि राखेको अवस्थामा गोलिया तथा चिरान काठ गरि करिव ११२ घ.फि. काठ र कटानमा प्रयोग भएका हतियार बरामद भएको डिभिजनल वन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । तत्कालीन अवस्थामा अभियुक्त फेला नपरेको भएता पनि विशेष सुराकको आधारमा चैत २७ गतेका दिन कार्यालयवाट खटिएको गस्ति टोलीले उक्त कार्यमा संलग्न मुख्य नाईके पुर्ण बहादुर रउलेलाई निजकै घरवाट पक्राउ गरि हिरासतमा राखी अनुसन्धान अगाडी वढाईएको छ । साथै घटनामासंलग्न अन्य व्यक्तिहरुलाई पनि छिट्टै कानुनी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।
पश्चिम दाङको ववई गाउँपालिका वडा नं. ५ स्थित खैरभट्टी सिमगैरा सामुदायिक वनमा लगडाउनको मौका छोपी चैत २३ गते अतिक्रमण भइरहेको भन्ने सुचनाको आधारमा डिभिजन वन कार्यालय खटिएको गस्ति टोली पहल र उक्त सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहयोगमा करिव २ हेक्टरमा वनलाई अतिक्रमण गर्ने नियतले लगाइएको फलफुल तथा नगदवालीलाई हटाई पुन वन कायम गरिएको छ ।
त्यस्तै, चैत २४ गते दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा समुहको पदाधिकारीहरुको संलग्नतामा वन जंगल हानी नोक्शानी भइरहेको भन्ने सुचनाको आधारमा मिति गस्ति टोलीले सामुदायिक वनमा स्थलगत अनुगमन गर्दा लकडाउनको समयमा नदि उकास जग्गामा वृक्षारोपण गरि हुर्काएका विभिन्न साइर्जका सिसौं प्रजातीका ५५ वटा रुखहरु हानीनोक्सानी भएको पाइएकाले तत्कालै घटनास्थलवाट कार्यसमितीका पदाधिकारीलाई नियन्त्रणमा लिइएको र हाल ति ््््््््््पदाधिकारीहरुलार्ई हिरासतमा राखी अनुसन्धान अगाडी वढाइएको छ कार्यालयले जनाएको छ ।
त्यस्तै, चैत २५ गते रात्री करिव १२ वजेको समयमा घोराही उपमहानगरपालिका वडा नं १, सिरुखर्क क्षेत्रमा साल जातको ४ थान गोलिया कटान गरि टेक्टरवाट ढुवानी गरि लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा चैत २६ गते े विहान डिभिजन वन कार्यालयवाट खटिएको गस्ति टोलीले उक्त काठ वरामद गरि सोही वखत उक्त अपराधमा संलग्न विगत १० वर्ष देखी नै काठ तस्करीमा संलग्न नाइके शोभाराम महरा (स्थानिय वोलीचालीमा डन को रुपमा परिचित) लाई पक्राउ गरि हिरासतमा राखी अनुसन्धान अगाडी वढाइएको कार्याललयको भनाई छ । निजको उक्त अवैध काठ ओसारपसारमा प्रयोग गरेको रा १ च ३९४१ ट्याक्टर समेत नियन्त्रणमा लिइएको छ भने अनुसन्धानवाट खुल्न आएका अन्य मतियारहरुको समेत पक्राउको प्रकृया अगाडी वढेको कार्यालयले जनाएको छ ।
चैत २७ गतेको दिन नेपाली सेना संगको संयुक्त समन्वयमा तुलसीपुर उ.म.न.पा. १३, फुलवारीवाट अवैध रुपमा काठदाउरा ओसारपसार गरिरहको रा १ त २३९५ नम्वरको ट्याक्टर र ट्याक्टर चालक गोपाल चौधरी पक्राउ गरि कानुनी प्रकृया अगाडी वढाइएको कार्यालयले जनाएको छ ।