Goraksha

National Daily

सुरक्षाकर्मीको तलव कटौती अन्यायपूर्ण : सभापती पाण्डे

शिवराज खनाल

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले बर्तमान परिस्थितिमा सरकारद्वारा घोषित लकडाउनलार्इ पूर्ण पालना गरी यो भयावह अबस्थाबाट आफू बाँच्न र अरुलाई बचाउने भूमिका खेल्न अनुरोध गरेका छन् ।

सरकारले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितिमा आफ्नो ज्यान समेत जोखिममा राखी सेवाकार्यमा जुटिरहेका सुरक्षा कर्मी, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने गरि निर्णय गर्नुको साटो सुरक्षाकर्मीको तलब कटौतिको बिषय अत्यन्त अन्यायपूर्ण भएको उनी बताउछन् ।

सभापति पाण्डेले यो बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट आर्थिक राहतको अपेक्षा नगर्न र राहत कोषमा जम्मा हुँदै गरेको रकमको उपयोग, स्वास्थ सामग्री खरिद सम्बन्धी विषयलाई अत्यन्त पारदर्शी एबम् विश्वस्नीय बनाउदै, दाताहरुको मन जित्दै र अन्य श्रोतको खोजी गर्दै राहत संकलनलाई प्रभाबकारी बनाउन समेत सरोकारवाला समक्ष माग राखेका छन् । गत चैत्र १६ गते रास्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरुलाई १९ बुदे परि पत्र जारी गर्दै चैत्र मसान्तसम्मको किस्ता असाढ मसान्तसम्म सार्न र त्यस बाफत कुनै पनि शुःल्क नलिन भनेको भएता पनि बैंक तथा बित्तिय संस्थाहरुबाट ठ्याक्कै सो मुताबिक गरेको र गर्न खोजेको महसुस सरोकारवालालाई नभएको सुन्नमा आएको भन्दै पाण्डेले त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । ‘चैत्र मसान्त आउँदै गर्दा सरकारको निर्णय बमोजिम रास्ट्र बैंकले परिपत्र प्रचारमुखी भन्दापनी ब्यबहारमुखी होस’-सभापति पाण्डेले सामाजिक संजाल मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।