calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

राप्ती गाउँपालिकालाई निजी क्षेत्रबाट राहत रकम सहयोग

ओमप्रकाश गुप्ता

भालुवाङ २७ चैत्र । दाङ देउखुरीको राप्ती गाउँपालिकालाई निजी क्षेत्रबाट राहत रकम अाउन थालेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरूले गाउँपालिकाको स्थानीयतह प्रकोप ब्यवस्थापन कोषमा रकम सहयोग गरेका छन् ।

यसै क्रममा महिला सामुदायिक लघुबित्त विक्तिय संस्था घोराहीले ५० हजार नगद प्रदान गरेको छ । सो रकम संस्थाका वरिष्ठ अधिकृत रमेश अधिकारीले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई प्रदान गरेका छन् । त्यस्तै सर्बहित बचत तथा ऋण सहकारी संस्था मौरीघाटले नगद २५ हजार १५ रुपैयाँ राहत रकम संस्थाका अध्यक्ष राजेन्द्र चाैधरी र व्यवस्थापक शिशिर चाैधरीले गाउँपालिका सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

उता राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित न्यु राप्ती हार्डवेयरका सञ्चालक होमप्रसाद शर्मा र रामप्रसाद शर्माले बिहीबार राप्ती गाउँपालिकाको स्थानीयतह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम सहयोग गरेका छन् । दुई दाजुभाईले १ लाख १ हजार रुपैयाँको चेक गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका छन् । राहत रकम बुझ्दै गाउँपालिका अध्यक्ष सुवेदीले स्थानीय सरकारले विश्वब्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाममा निजी क्षेत्रबाट पनि सहयोगको खाँचो परेको बताएका छन् । साथै अध्यक्ष सुवेदीले नागरिकलाई लकडाउनमा बस्न अनुरोध गर्दै समुदायमा असहाय, अपाङ्ग, असक्त, गरिव विपन्न र दैनिक ज्यालादारी गरि जिवनयापन गर्ने परिवारलाई सक्दो राहत रामाग्री दिदै आएकोमा सवै संघ संस्थालाई धन्यवाद दिएका छन् । अध्यक्ष सुवेदीले सरकारले गरेको लकडाउनको पालाना गर्न र रोगको प्रकोपबाट आफु पनि बच्न तथा अरुलाई बचाउन पनि सवैलाई अपिल गरेका छन् । साथै सहयोग गर्न चाहानेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल गरेको छ ।