लक्ष्मण बस्नेत
दाङ, १८ माघ । तुलसीपुर नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ स्थीत महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा यहि फागुन ४ गतेदेखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बेल्झुण्डी रंगशालामा हुनेछ ।
चार दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र÷छात्रा, ऐथ्लेटिक्स ट्रयाकतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र÷छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र÷छात्रा रिले दौड तथा फिल्डतर्फ हाईजम्प, लङजम्प,त्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट छात्र÷छात्राबिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालय गरि ३० बढी विद्यालयको सहभागिता रहने छ । प्रतियोगितामा विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेरसम्मका छात्र÷छात्राहरुले भाग लिन पाउने छन् । यसैबिच प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तीब्र पारेको छ ।
प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न आयोजक महेन्द्र माबी तुलसीपुरले भेलाको आयोजना गरि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे अरुण संयोजक रहेको ९ सदस्यीय प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरेको छ । जसको सदस्य सचिवमा बिधालयका प्रधानाध्यापक जितबहादुर थापा,सदस्यहरुमा सूर्य बहादुर बस्नेत, नेत्रमणी पाण्डे, लेखनाथ शर्मा,नोखी रावत,लक्ष्मण बस्नेत,घनश्याम डागी, राजिव ओझा रहनु भएकोछ ।
त्यस्तै भेलाले राष्ट्रपति रनिङ शिल्डमा उमेरको हदमा १८ वर्ष नाघेको र तुलसीपुर नगर क्षेत्र बाहिरको छात्र छात्रा बिधालयबाट सहभागी गराएको प्रमाणित भएमा सम्बन्धित बिधालयलाई एक वर्ष रनिङ शिल्ड प्रतियोगितामा प्रतिबन्ध लगाउने भेलाले निर्णय समेत गरेकोछ । साथै मुल समितिले प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन मुल समितिको मातहतमा रहने गरि आगामी बैठकबाट विभिन्न उपसमिति बनाउने तयारी गरेको मुल समिती संयोजक ऋषिराज लहरेले जानकारी दिएका छन् । भेलामा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा,तुलसीपुर नगर क्षेत्रका सामुदायी तथा निजी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।