दाङ,१८ माघ । घोराही उपमहनगरपालिका–१ सिमलतारास्थित सरयु गंगाराम मन्दिर व्यवस्थापन समितिले श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ २०७९ को आयव्यव विवरण बुधवार सार्वजनिक गरेको छ ।
राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोकर्णवहादुर वलीको अध्यक्षता एवं समाजसेवी एव दानविर सुग्रीव वलीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेर श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७९ को आयव्यव विवरण सार्वजनिक गरिएको हो ।
माघ २ गतेदेखि ९ गतेसम्म संचालित श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ २०७९ मा कुल १८ लाख ८६ हजार ८ सय ७२ रुपैया आमदानी भएकोमा श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ संचालनमा १३ लाख २८ हजार ७ सय १२ रुपैया खर्च भएको आर्थिक समितिका सदस्य श्रवणकुमार खनालले जानकारी गराएका थिए ।
खनालले माघ २ गतेदेखि ९ गतेसम्म संचालित श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ २०७९ बाट अव ५ लाख ५८ हजार १ सय ६० रुपैया वचत भएको त्यस अवसरमा जानकारी गराए । त्यसअवसरमा आर्थिक समितिका संयोजक खेमराज खनालले श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ २०७९ मा कुल ६ सय १४ जना दानविरहरुले दान गरेको जानकारी गराउदै एक हजार भन्दा वढी दान दिने दाताको नाम शिलालेखमा राखिने बताए ।
महायज्ञमा सवैभन्दा धेरै दानगर्ने दाताहरुमा सुग्रीव वलीले १ लाख १२ हजार २७ रुपैया, टोपाकुमारी पौडेलले ८१ हजार १सय ५ रुपैया, निमादेवि घर्ती र खेतुलाल घर्तीले ५५ हजार ५ सय ५५ रुपैया, मोहन वलीले ५१ हजार १ सय ५ रुपैया दान गरेका थिए। राममणी पाण्डेले ३१ हजार १ सय ५ रुपैया , मुगादेवि पन्तले २७ हजार ३ सय ४५ रुपैया, गोविन्द्यवहादु थापाले चुमादेवी थापाको नाममा २६ हजार १ सय ५५ रुपैया मेघराज पान्डेले २५ हजार १ सय ५ रुपैया, बद्रीप्रसाद राजभन्डारीले २५ हजार ५ सय ५५ रुपैया, दोमवहादुर डागीले १६ हजार रुपैया दान गरेको आर्थिक व्यवस्थापन समितिका संयोजक खेमराज खनालले जानकारी दिए ।
कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष वसुन्धरा गौतमले सरयु गंगाको काखमा अवस्थीत उक्त राम मन्दिरलाई सरयुगंगासंग जोडर गुरुयोजना वनाइ दिर्घकालीन योजनाका साथ काम गर्न सके यसलाइ धार्मीक पर्यटकीए क्षेत्रको रुपमा विकास गर्न सकिने बताइन । कार्यक्रममा शिवसेना नेपालका दाङका अध्यक्ष देपिराम भन्डारी , गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम, नया युगवोध दैनिकका गोविन्द खडकालगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा श्रीमदभागवत महापुराण सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ २०७९ का सहसंयोजक नववहादुर पौडेलले स्वागत मनतव्य व्यक्त गरेका थिए । सहजीकरण आर्थिक समिति संयोजक खेमराज खनालले गरेका थिए ।