calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर, २७ चैत । विजौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा तुलसीपुर–१८ विजौरी निवासी ३७ बर्षिय बलबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाइते भएका थापाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरी निरीक्षक चत्रडम्वर पालले जानकारी दिएकाछन् । ‘ नालामा करेट लगाएर माछामार्ने क्रममा थापाको मृत्यु भएको जानकारीमा आएको छ, थप अनुसन्धान भईरहेको छ’-उनले भने ।