काठमाडौं छाड्न चाहनेलाई दुई दिन समय
दाङ चैत २७ । सरकारले भोली र पर्सी काठमाडौंवाट बाहिरिरन चाहनेका लागि समय दिएको छ । उप्रधानमन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा बसेको बैठकले यो अवसर दिने निर्णय गरेको हो । तर, कोही काठमाडौं प्रबेस भने खुला गरिएको छैन ।
लामो समयको लकडाउनका कारण कतिपय मानिसहरु हिडेरै काठमाडौं जान थालेको र बाटोमा अलपत्र पर्न थालेको भन्ने खबरहरु सार्वजनिक भैरहेको समयमा सरकारले यस्तो निर्णय गरेको हो । ११ र १२ कक्षाको परीक्षा पनि रोकिएपछि ठूलो समूह काठमाडौं छाड्ने चाहनामा छ भन्ने बुझेर सरकार यस्तो निर्णयमा पुगेको हो ।