calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

प्याव्सन घोराही नगरसमितिद्वारा एक लाख बढिको राहत सहयोग

दाङ,२७ चैत । प्याव्सन घोराही नगर समितिले अतिविपन्न तथा मजदुर बर्गका लागि एक लाख बढिको राहत सामग्री घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन सरकारले गरेको लकडाउनका क्रममा समस्यामा परेका मजदुर एव अति बिपन्न परिवारका लागि  प्याव्सनले एक लाख  १० हजार मुल्य बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो ।

प्याव्सनले घोराही उपमहानगरपालिकाका वडा नं. ६ र १९ का अतिविपन्न मजदुर परिवारका लागि प्रतिवडा ५ सय केजीका दरले एक हजार केजी चामल र ५०/५० लिटर तेल सहयोग गरेको प्याव्सन दाङका कोषाध्यक्ष आदिम केसीले जानकारी दिएका छन् ।

त्यस्तै प्याव्सनले विभिन्न विद्यार्थी संगठनको अनुरोधमा खाद्यान्न समस्या परेका विद्यार्थीलाई समेत राहत वितरण गरेका छ । जिल्ला बाहिरबाट अध्ययनका लागि घोराहीमा आएका ३० जना विद्यार्थीहरुको लागि प्रति व्यक्ति एक बोरा चामल,दुई केजी दाल,एक केजी नून,एक लिटर तेल र दुई वटा सावून सहयोग गरेको केसीले जानकारी दिएका छन् ।

त्यस अवसरमा प्याव्सनका केन्द्रीय सदस्य यादव गिरी, जिल्ला सचिव खगेश्वर पौडेल, जिल्ला कोषाध्यक्ष आदिम केसी, घोराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दलगायतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो