पत्रकारका लागि आबश्यक वाताबरण बनाउन सोचौं : महासंघ दाङ
दाङ, चैत २७ ।नेपाल पत्रकार महासंघ दाङले आफु सुरक्षित रही जनतालाई निष्पक्ष, विवादरहित र सही सुचना प्रवाह गरेर संकट निवारणमा योगदान पुर्याउन सबै पत्रकारहरुमा आवान गरेको छ । माहामारीको जोखिमको समयमा पत्रकारिता गर्ने क्रममा सहज वातावरण बनाइदिन पनि महासंघले सबैमा आग्रह गरेको छ । शाखा अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तीमा पत्रकारहरुका समस्याका बारेमा बुझन र आबश्यक सहयोगको व्यबस्थाका लागि सबैमा अपिल गर्दै अप्ठ्यारामा परेका पत्रकारहरुलाई महासंघसंग संपर्क राख्न भनिएको छ । ‘यो अवधिमा सञ्चारकर्मीहरुको जीवीकोपार्जनमा असर पर्ने अवस्था सृजना भएको छ’-बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्तीको पूर्र्ण पाठ यस्तो छ
विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस ९कोभिड १९० को उच्च संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिका बावजुद सञ्चारकर्मीहरुले आफनो जिम्मेवारीबोध गर्दै जनतालाई सुसुचित गराउने कर्मलाई भने जारी राख्नुपर्ने अवस्था छ । विगत देखीनै सञ्चारकर्मीहरुले राष्ट्र संकटमा पर्दा अग्रपंक्तीमा रही आफ्नो जिम्मेवारी पुरा गर्दै आएको इतिहास छ । यस संकटको बेला पनि आफु सुरक्षित रही जनतालाई निष्पक्ष, विवादरहित र सही सुचना प्रवाह गरेर संकट निवारणमा योगदान पुर्याउन नेपाल पत्रकार महासंघ, दाङ शाखा जिल्लामा कार्यरत आम सञ्चारकर्मीहरुमा हार्दिक अपिल गर्दछ । यसका साथै, स्वाभाविकै रुपमा अन्य मानिसहरुलाई जस्तै सञ्चारकर्मीका पनि आफ्रनै अप्ठयारा रही आएका छन् । श्रमजीवी भएकोले लकडाउनको यो अवधिमा सञ्चारकर्मीहरुको जीवीकोपार्जनमा असर पर्ने अवस्था सृजना भएको छ । यसर्थ सर्वप्रथम हामी सुरक्षित ढङ्गले पत्रकारिता गर्ने वातावरण मिलाउन आम जनसमुदाय, सञ्चारमाध्यम र सम्पूर्ण सरोकारवाला निकायसंग हार्दिक अनुरोध गर्दछौं । यसका साथै दैनिक जीवीकोपार्जन प्रभावित हुने अवस्थामा पुग्नुभएको सञ्चारकर्मीहरुलाई राहत उपलब्ध गराउन सम्बन्धित निकाय संग माग गर्दछौं । अप्ठयारोमा रहनुभएका सञ्चारकर्मीहरुले हामीलाई जानकारी गराउनुभएमा शाखाको तर्फबाट पनि राहतका कार्यक्रम उपलब्ध गराइने व्यहोरा जानकारी गराउँदछौं । यसका लागि कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई यस विज्ञप्तीमा उल्लेखित फोन नम्बरहरुमा जतिबेला पनि जानकारी गराउन सक्नुहुनेछ । अन्तयमा, फेरी पनि सम्पूर्ण सञ्चारकर्मीहरुको स्वास्थ्यलाभको कामना गर्दै यस संकटका विरुद्ध आत्मबलका साथ जुध्न र जिम्मेवारी निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं ।