calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

लकडाउनले कुखुरा व्यवसायी मर्कामा

शिवराज खनाल

लमही चैत्र २७ । निरन्तरको लकडाउनका कारण कुखुरा पालक किसानहरु मर्कामा पर्न थालेका छन् । बिक्रिका लागि तयार भएका कुखुराहरु पनि बजार पठाउने अबस्था नभई उनीहरुलाई थप दाना सहित पाल्नु पर्दा किसानहरु मारमा पर्न थालेका हुन् ।

‘उत्पादित कुखुरा बिक्री भएको अबस्था छैन, बजार बन्द छ । खोरमा तयारी कुखुराहरु छन् । दाना मात्र खुवायर कतिदिन पाल्नु ?’ कुखुरा पालक कृषक लालबहादुर चौधरी भन्छन्,-‘८० रुपैँया प्रतिकेजीमा बेचेको छुँ । अहिलेको अबस्थामा प्रतिकेजी २ सय रुपैँयाका दरले कुखुरा बिक्री भएमा मात्र कृषकलाई केही मुनाफा आउने गर्दछ ।’

‘लकडाउन हुनु भन्दा अगाडि कुखुराको मूल्य राम्रै थियो । प्रतिकेजी २ सय २० रुपैयाका दरले बिक्रि भैरहेकोमा अहिले त्यो अबस्था छैन । आवत जावतमा कठिनाई छ, त्यसैले राज्यले फ्रेस हाउस खोली दिनुपर्यो’-देउखुरी कुखुरा पालक कृषक समूहका अध्यक्ष अर्जुन अधिकारीले भने । देउखुरीमा १५ सय क्वीन्टर  भन्द धेरै तयारी कुखुराको मासु उत्पादन भएको र बजारीकरण शून्य रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

लकडाउनको अबधी लम्बिदै गएको अबस्थामा १ सय ६० रुपैंया प्रतिकेजी समितिले तोकेको मुल्य छ, तर १ सय ६० मा कसैले बेच्न सक्ने अबस्था छैन । ८० रुपैया केजी, त्यो पनि सिङ्गो कुखुरा २ सय रुपैंया प्रती गोटाका दरले किसानहरुले बिक्रीवितरण गरेको भेटाएका छौं’-देउखुरी कुखुरा पालक कृषक समूहका सचिब पहलवान चौधरीले बताए ।

त्यसैगरी पहिले अण्डा प्रती क्यारेट ३ सय २० रुपैंयामा बिक्रीवितरण गरिरहेका देउखुरीका कृषहरु लगडाउनका कारणले १ सय ८० रुपैंयामा बेच्न बाध्य छन् ।