calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

तरकारी, दुग्धजन्य पदार्थ र मासु विक्री दैनिक रुपमै

बालाराम खड्का

तुलसीपुर, २७ चैत । जिल्ला प्रशासन कार्यालयले लकडाउन अवधिभर अती–आवश्यक सामग्रीहरुको किनबेचका लागि ३ दिन मात्रै वजार सञ्चालन गर्ने निणर्य गरेपनि कृषकहरुका लागि भने सातै दिन सहुलियत दिइने भएको छ । बाहिरबाट तरकारी र दुग्धजन्य खाद्य पदार्थ आउँदा कोरोना संक्रमणको जोखिम हुने भन्दै तुलसीपुर उपमहानगरपालिकाले स्थानीय कृषि उपज सामाजिक दुरी कायम गर्दै हरेक दिन विक्री गर्ने निर्णय गरेको हो ।

लामो समय बन्द हुँदा पशुपालन र कृषि उपज गर्ने किसानहरु मर्कामा परेको र उपभोक्ताहरु समेत मारमा परेको भन्दै बुधवार बसेको सर्वदलीय वैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी दिए । उनले विहान ५ देखि ७ वजेसम्म तरकारी, दुग्धजन्य पदार्थ, मासुका लागि हरेक दिन खुला गर्ने निर्णय गरिएको बताए । ‘एकातिर किसानहरु मर्कामा पर्ने अर्कातिर उपभोक्ताहरुमा पनि अभाव हुन भएपछि यस्तो निर्णय गर्न पुगेका हौं’-प्रवक्ता डाँगीले जानकारी दिए । यसैगरी उपभोग्य वस्तुको मागलाई पुरा गर्नका लागि मिल सञ्चालन गर्न दिने समेत निर्णय गरिएको छ । ‘सामाजिक दुरी व्यवस्थापन गरेर सञ्चालन गर्ने गरी मिल सञ्चालन गर्न दिने निर्णय भएको छ’-प्रवक्ता डाँगीले भने ।

विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिका भित्रका विभिन्न सडकहरुमा भएको अवरोध हटाउनका लागि अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत भएको छ । वैठकले दाङ्ग भन्दा वाहिरबाट तरकारी र फलफुल आउने गरेकोमा त्यसलाई तत्काल रोकेर स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने कुरामा सहमती कायमा गरेको हो ।

राहत वितरणमा जथाभावी भएको भन्दै एकद्धार प्रणालीबाट मात्रै वितरण गर्ने पनि वैठकले निर्णय गरेको छ । ‘उपमहानगरपालिका र वडाको समन्वय विना कसैले पनि राहत वितरण गर्न पाउँदैन’ नगरप्रमुख पाण्डेले भने । उनले जनप्रतिनिधि, प्रहरी, राजनीतिक दलसँगको समन्वयमा मात्रै राहत वितरण गर्न पाइने वताए । ‘मनलाग्दो तरिकाले राहत वितरण गरेको पाइए जफत गरिनेछ ‘ उनले भने ।

समितिको वैठकले नेपाल सरकारले तोके वमोजिम एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कुरालाई कडाइका साथमा लागुगर्ने भएको छ ।

यसैगरी वैठकले ग्रामिण भेगका वडाहरुमा खाद्यान्न लगायत उपभोग्य सामग्री पुर्याउनका लागि घुम्ति पसल समेत सञ्चालन गर्ने निर्णय गरेको छ । पसल सञ्चालनका लागि विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीको संयोजकत्वमा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, तुलसीपुर चेम्वर अफ कमर्शका महासचिव ऋषि भण्डारी, प्रजातान्त्रिक उद्योग वाणिज्य संघका गोकर्ण गिरी, इलाका प्रशासन र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी समितिलाई निर्देशन दिइएको छ ।

वैठकमा उपप्रमुख माया शर्मा, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगी, इलाका प्रशासन शाखाका अधिकृत श्रीधर टण्डन, नेकपा नगर कमिटी अध्यक्ष खुसीराम चौधरी, हाम्रो पहुँच सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी, मासु व्यवसायी झग्गु चौधरी, नेकपाका नेता हुकुम वस्नेत, नेपाली काँग्रेसका जगत खड्कालगायतको सहभागिता रहेको थियो ।