Goraksha

National Daily

लस्करले मात्र उद्धार हुन्छ त ?

सुभाष न्यौपाने
लस्कर लगाउँदैमा उद्दार हुन्छ र सरकार ?
नागरिकको रक्षा गर्ने क्यै छैन दरकार ?
उद्धार गर्ने संयन्त्रमा न पानी छ न दम्कल
पोखरीमा पौडिँदा गोहीको आँसु पर्छ र ?

माघ १ गते मुलुकभर माघेसंक्रान्तिको रौनक थियो । आफ्ना इष्टमित्र र मान्यवरकहाँ जाने आउनेको पनि उत्तिकै लर्को थियो । माघ १गते यति एयरको जहाज बिहान १०ः३३ मा काठमाडौंबाट उडान भरेर १०ः५२ मा पोखरा अन्तर्राष्ट्रिय विमान स्थल अवतरण गर्ने गरी प्रस्थान ग¥यो । उक्त उडानको नेतृत्व प्रशिक्षक पाइलटले नेतृत्व गरेका एि । उक्त प्लेन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरा हुनुको साटो पोखरामा सेती नदीको खोचमा गएर दुर्घटना हुन पुग्यो ।

दुर्घटनापश्चात राज्यले उद्धारको लागि सुरक्षाकर्मी परिचालन ग¥यो, टुल र पिक लिएर । भिरबाट खस्दा उद्धारको लागि के सामग्री चाहिन्छ , आगलागी हुँदा के चाहिन्छ ? खटाएर मात्र हुन्छ ? खोई यस्ता घटनामा सरकारको दृष्टि पगेको ? तयस्तो खोचमा बलिरहेको आगो माटोले निभाउन सकिन्छ ? खोई पानी ? खोई दम्कल ? राज्यले यसको जवाफ दिनुपर्छ । हो दुर्घटना प्राविधिक, यान्त्रिक र लापरबाही आदिका कारणले हुनसक्छ ।

राज्यका कुनै पनि निकायलाई राज्यले असाधारण क्षति भएको दुर्घटनामा त आफ्नो संयन्त्र चुस्त दुरुस्त परिचालन गर्न सक्दैन भने साधारण दुर्घटनालाई महत्व राख्छ ? सेती खोचमा दुर्घटना भएको यति जहाजमा आगो लागिरहेको छ, आगो निभाउनलाई न पानी छ न दम्कल । तीसौा रनवेबाट अवतरण गर्न मिल्ने भए पनि चालक दलले १२औँ सबैबाट अवतरण गर्ने अनुमति माग्यो र पायो पनि । सोही अनुसार उत्तरबाट घुमेर पश्चिम तर्फबाट अवतरण गर्ने क्रममा दुर्घटना भएको बुझिएको छ ।

घटनाको बारेमा जहाजको ब्ल्याकबक्सले केही पुष्टि गरे पनि उद्धारको क्रममा राज्य संयन्त्र चाहिँ फितलो देखियो । उद्धारको सन्दर्भमा भन्नुपर्दाा जनशक्तिको परिचालन तत्काल गरिने तर आवश्यक साधन स्रोतबिना । यो अवस्थाको परिचालनले घटनाबाट न त नागरिक जोगिन सक्छन् न त न्यूनीकरण हुनसक्छ । माघ १ गतेको विमान दुर्घटना नेपाली वायुसेवा दुर्घटनामा ६७ वर्षको इतिहासमै तेस्रो ठूलो दुर्घटना हो । यस्ता दुर्घटनाहरुलाई दोहो¥याउँदै लैजानेको न्यूनीकरण गने भन्ने प्रश्न जनताले राज्यसँग राख्दछन् । के ब्ल्याकबक्सको रिपोर्ट मात्रै सबै कुरा हो ? त्यसलाई राज्यले सम्बोधन गरेर सुरक्षा नीतिलाई कार्यान्वयनमा लैजानुपर्ने हो कि होइन ?

०७२ को विनाशकारी भूकम्पको ठूलो झट्का खाएपछि नेपाल सरकारले आपतकालनि उद्धारको लागि आवश्यक हेलिकोप्टरलगायतका उपकरण तथा अन्य उद्धार सामग्रीहरु खरिद गर्ने नीति बनायो, निर्णय ग¥यो । तत्कालको संकट जसरी टा¥यो ट¥यो । सरकारले आपतकालनि उद्धारको विषयमा जतिबेला घटना घट्छ उतिबेला कुरा गर्छ । छानविन टोली गठन गर्छ, चालक दलको कमजोरी देखाउँछ, त्यत्तिकैमा प्रतिवेदन सीमित रहन्छ ।

उडान अवधिका सम्पूर्ण गतिविधिको बारेमा रेकर्ड गर्ने र जानकारी गराउने प्रविधि ब्ल्याकबक्स पनि फेला परिसकेको छ । उडानको अन्तिम क्षणमा आफूले सहादत प्राप्त गरे पनि पोखाराबासी र पोखरा सहरको दुर्घटनालाई अत्यन्तै न्यूनीकरण गर्दै सेती नदीको खोचमा विमान खसालेर सहादत प्राप्त गर्ने प्रशिक्षक पाइलटलगायत सम्पूर्ण चालक दल तथा यात्रु महानुभावप्रति यो पंक्तिकार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

दुर्घटनामा दिवंगत हुने को–पाइलट अञ्जु खतिवडा नेपाली सेनाका सहसेनानीको पाइलट स्व.दीपक पोख्रेलसँग विवाह भएको थियो । स्व.दीपकको ०६२ सालमा उडानकै क्रममा जुम्लामा जहाज दुर्घटनामा निधन भएको थियो । आजभन्दा १७ वर्ष पहिले, संयोग भनौा कि वियोग ? उनका पति दीपकको पनि जुम्लामा ज्यान लिने जहाज यही यति एयरलाइन्सकै थियो । त्यही सपना पूरा गर्न होला अन्जु पनि पाइलट बनेर त्यही एयरलाइन्समा सहभागी भइन् तर सपना विडम्बनामा परिणत भयो ।

पटक–पटक दुर्घटनामा परेको यति जहाजको विषयमा सर्वत्र आलोचना र जिज्ञासा बढेको छ । किनभने नेपाल उड्ययन प्राधिकरणले आकस्मिक अनुगमन तथा नियमन गरेर कुन चाहिँ निजी एयरलाइन्सको कुन चाहिँ जहाजको गतिविधि र भौतिक अवस्थाको बारेमा नागरिकलाई जानकारी गराएको छ ? अरु के भन्नु आपफ्नै ध्वजा वाहक नेपाल वायु सेवा निगमको जहाजको बारेमा त उनीहरुलाई ज्ञान छैन तर पनि उनीहरु बोनस पुगेन भन्छन् ।

थाहा छ, माघ १ गतेको दिन यति एयरको जहाज दुर्घटनामा पर्दा लागेको आगो निभाउन सुरक्षाकर्मीले माटो प्रयोग गरे । ५० मिटर परबाट फालेको माटोको धुलोले आगो निभाउँछ ? खोई वारुणयन्त्र, खोई पानी ? माघेसंक्रान्तिको दिन दिउँसो पोखरा स्वास्थ्य विज्ञानको दृश्य अत्यन्त हृदयविदारक थियो । दिनभर शव वाहन, एम्बुलेन्स र वारुणयन्त्र साइरन बजाउँदै हुइँकिरहेका थिए ।

उक्त घटनाले मुलुकलाई नै शोकमग्न गराएको थियो तर विडम्बना दुर्घटनामा आगलागी भएपछि आगो निभाउनलाई पनि लिएर दम्कल उपस्थित हुन सकेन, यसलाई के भन्ने ? यदि समयमा आगो निभाउन सकेको भए पनि जनको क्षति कम हुने स्थिति थियो । श्रीमान दीपकको सपना पूरा गर्न आफ्नो जिद्दीकै कारण पाइलट बनेर आकासमा उड्ने सपना लिएर अघि बढिरहेकी नारी अञ्जु ती सबै कुराहरु थाँती राखेर अस्ताइन् ।

घटना दर्दनाक त छँदैछ उत्तिकै हृदयविदारक पनि छ । सात वर्षको मात्र छोटो दाम्पत्य जीवनमै एकल बन्न पुगेकी अन्जुलाई माइतीले बिएन पढाउने इच्छा हुँदाहुँदै पनि उनका बुबाले अञ्जुकै हटका कारण पाइलट पढ्न अमेरिका पठाएका थिए रे । यसरी संघर्षपूर्ण जीवन बिताउँदै गउको अञ्जुको को–पाइलटबाट पाइलट हुने अन्तिम उडान परीक्षा थियो रे । उक्त परीक्षामा पास भएपछि अञ्जु वायाँ सिटबाट दायाँ सिटमा बस्ने क्याप्टेन हुने थिइन् । अहिलेको घटनाले के बुझाउँछ भने एयरक्राफ्टको कमजोरी भन्ने कुरा पनि आइरहेको छ ।

यति ग्रुपले अहिलेसम्म ल्याएको सबै जहाज कम्पनी ब्राण्ड ल्याएको छैन रे । पछिल्लो पटक घटनाको विलेषण गर्नुपर्दा यो कम्पनी कबाड कम्पनी भएको बुझिएको छ । यसको मुख्य अथोरिटी व्यक्ति केपी शर्मा ओली र तत्काल पर्यटनमन्त्री योगेश भट्टराईप्रति सोझिन्छ । ओलीजीलाई नेपालमा यति कम्पनीले गरेको सहयोग कुनै कम्पनीले गरेको छैन । मान्छे मर्नु र बाँच्नुसँग कुनै मतलव छैन । यतिले कम्पनी बिमा गरेको छ उ त कहिले पनि घाटामा जाँदैन । नियमन अनुगमन गर्न सरकार पछि परिरहेको छ ।

जानकारी होस्, यति कम्पनी ओली कम्पनीको शाखा हो । केपी र योगेशको मिलेमतोमा रहेको यति कम्पनी नालायक कम्पनी हो । उक्त घटनामा ज्यान गुमाउने प्रमुख प्रशिक्षक कमल केसी र को–पाइलट अञ्जु खतिवडा यतिका शिकार भएका छन् । के खाली हातको सिपाहीले लडाइँ जिन्तसक्छ ? अस्ति माघ १ गतेको पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना हुँदाको अवस्था उद्धारकर्ताको लस्कर त देखियो तर कस्तो भने भिडियो खिच्ने र टिकटक बनाउनमा मात्र सीमित थियो । किनभने उनीहरु त आगोको मुस्लोभन्दा ५० मिटर परबाट धुलो फालेर आगो निभाउँदै थिए । उनीहरुसँग न त फायर पाइटिङ छ न त वारुणयन्त्र पानी छ । उनीहरुले धुलो नफालेर र टिकटक नबनाएर के गरुन् ?

रविजी तपाईँको गृहमन्त्रालय यो सुरक्षामा चुकेको छ । मुलुकको निर्वाचनमा सर्वाधिक प्रसिद्धिका साथ निर्वाचनमा विजय भएकै कारण तपाईँले पनि तपाईले गृहमन्त्रीमा पूर्ण दाबी गर्न हिम्मत गर्नुभएको हो तर तपाईँ पोखराको हवाई दुर्घटनामा उद्धारका क्रममा तपाईँको समूह फेल भएको छ । घटना घटेर हुने क्षति भइसकेकपछि तदारुकता देखाउने र क्रमशः त्यसलाई फेरि बिर्सँदै जाने नेपाली विपद उद्धारको नियति छ । यो त के भने आची गरे दैलो देखेँ भनेजस्तै हो । आची गरिसकेपछि दैलो देखेर के काम ? पहिल्यै दैलो देखेर ढोका खोल्न सकेको भए शौचालयमा आची विसर्जन हुन्थ्यो ।

अनि मा फोहर हुन्थेन । ठिक छ घरभित्रको फोहर त सफा गरोँला तर दुर्गन्धित त भयो नि । नेपाली विपद उद्धारको अवस्था यस्तै छ । त्यसैले पौराणिक गतिविधि हुँदैमा विपद व्यवस्था हुँदैन । गृहमन्त्रालय यो मामलामा असफल देखियो । जवाफ आउनसक्छ, योभन्दा पहिले गृहम्न्त्रालयको नेतृत्व गर्नेले के गरेका थिए ? त्यसैले त उनीहरु आफूलाई सफल राख्न सकेनन् । के हामी पनि उनीहरुजस्तै फेल भएर बस्ने तत ? सरकारले पनि राष्ट्रिय विपद विरुद्ध जुध्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरण स्थापना गरेको छ ।

त्यसको काम के ? त्यो संगठन कहाँ बसेको छ ? नेपालमा विपद सामनामा केन्द्रित छुट्टै जनशक्ति राख्न नसक्नाले पनि मुलुकमा विपदका घटनाहरु न्यूनीकरण तथा उद्धार कार्यमा तदारुकता आउन सकेको छैन । अलिहेको विपद व्यवस्थापन त कस्तो भने सेना, पुलिसलाई सिट्टी लगाएर सामेल गर्नुपर्ने ? त्यो किन भयो भने जोखिम व्यवस्थापन प्राधिकरण त गठन भयो तर जनशक्ति निर्माण नहुनु हो । त्यसैले सरकार यी कुराहरुमा चुक्नु भनेको गृहमन्त्रालय फेल हुनु हो । गृहमन्त्रालय फेल हुनु भनेको नेपाल सरकार फेल हुनु हो । यो मुलुकको अस्तित्वसँग जोडिएको प्रश्न पनि हो । जहाज कम्पनी र बिमा कम्पनीबाटै दोष दिएर मात्र हामी पन्छिन सक्तैनौँ ।

मुलुकमा भित्रिएका सबैखाले इक्विपमेन्टको सुरक्षा र संरक्षण गर्नुपर्ने दायित्व हाम्रो सरकारको हो । अर्कालाई दोष दिएर मात्र हामी आफ्नो अवस्थाबाट माथि उठ्न सक्दैनौा । सरकार त्यो हो जसको कुनै पनि एनजिओ, आइएनजिओसँग प्रतिस्पर्धा हुँदैन । सरकारी निकायले आफूलाई म सरकारको प्रतिनिधि हुँ भन्ने बुझ्नुपर्छ । उनले राम्रो काम गर्न सकेनन् भने सरकारको अस्तित्वमाथि प्रश्न उठ्नसक्छ । यो कुरा संविधान अनुसार राज्यले सोच्नुपर्ने कुरा हो । विपद कहिले हुन्छ भन्ने ठेगाना हुँदैन त्यसैले विपद व्यवस्थापनमा संलग्न हुने निश्चित जनशक्ति सधैँ एलर्ट भएर बस्नुपर्ने हुन्छ । त्यसैले विपद व्यवस्थापनमा पहिलेका गृहमन्त्रीजस्तै अहिलेका गृहमन्त्री फले नहोऊन् ।