युवराज शर्मा
नेपालमा नदी पार गर्न अझै पनि तुइनबाट नदी पार गर्नुपर्छ । सुन्नेलाई पनि अचम्म लाग्ला । त्रिसुली नदी तुइनबाट पार गरेर स्कूलमा पढ्न आउने नानीबाबुहरुको संख्या धेरै छ । हुन त सरकारले तुइन विस्थापित गरेर झोलुङ्गे पुल अथवा पक्की पुल बनाउने भन्थे तर भौतिक पूर्वाधारले खासै ध्यान नदिैको क्षेत्र हो, धादिङबाट त्रिसुली वारपार गर्ने तुइन । त्यसको समाधान गर्न सरकारको ध्यान पुगेको छैन ।
राजमार्ग छेमा भएको जगदम्बा सेकेण्डरी स्कूलमा पढ्ने छात्रछात्राहरुलाइृ तुइनको डरले मानसिक समस्यामा छन् । उनीहरु नाम्लो र घिर्नीको सहारामा तुइन पार गर्छन् । लठ्ठालाई हातले घिर्नी घिसार्दा पनि शारीरिक पीडा भोग्छन् । पृथ्वीराजमार्गमा गाडीहरु ओहोरदोहोर गर्छन् । त्यसतो सडक पार गरेर पढ्ने स्कूलमा जानुपर्छ । तयो क्षेत्र धादिङ जिल्लामा पर्छ भने नदी वारको ठाउँ पनि धादिङको क्षेत्र हो । नदी वारि सहरीकरण बन्दैछ । नदी पारि गाउँले गरिब र विपन्नवर्गका मानिस छन् । जसको पहुँच र सम्बन्ध राज्य सञ्चालकवर्गसँग छैन ।
हुन त वर्तमान समयमा तीन तहका सरकार छन् । स्थानीय तहको सरकारबाट पनि टाढिएको ठाउँमा वडाध्यक्ष र सदस्यहरुको दृष्टि पनि पुग्दैन । तयस ठाउँको बस्ती बाक्लो छ । मानिसहरु खेतीपाती र पशुपालनमा व्यस्त समाज छ । सामाजिक भावना भए पनि सामाजिक चेतनाको स्तर कमजोर छ । त्यसैले आफ्ना नानीबाबुहरुलाई पढाएर ज्ञानी र गुणी बनाउन चाहन्छन् तर आफ्ना नानीहरुले तुइन पार गर्दाको दृश्य हेर्दा आँखाबाट आँसु झार्छन्, गरिबको जुनी भनेर पनि आफैलाई कोस्छन् ।
तुइनबाट डोकामा तरकारी, दूध र खाद्यवस्तुहरु विक्री गर्न ल्याउँछन् । उनीहरुले आर्थिक जोहो गरेर नानीबाबुहरुको पढाइ खर्च जुटाउँछन् । त्यहाँका किसानहरुको जीवनस्तर दुःखपूर्ण छ । घाँस, दाउरा, खेतबारीको काम र घरेलु काममा छोरीहरु बढी समय खट्नुपर्छ । यसले गर्दा पढाइ गर्ने समय साँझमा जुठो चुलोपछि मात्र पढ्ने समय हुन्छ । गाउँहरुमा बस्ने नागरिकलाई पनि यसतै समस्याहरु छन् ।तापनि शिक्षालाई ज्ञानको ज्योति भनिन्छ । जबसम्म ज्ञानको ज्योति प्रकाशमय हुँदैन तबसम्म मानिसमा चेतना बढ्न र फक्रन सक्दैन । अहिलेको समय ज्ञान र सपिको विकास गर्ने समय हो ।
यसका लागि शिक्षा अनिवार्य र आवश्यक ज्ञानार्जनको आधार हो । यसले मानिसको जविनलाई साकार रुप दिन्छ । वर्तमान समयमा युवावर्गमा देखिएको जागरणले ज्ञान र सीपको विकास गर्ने अवसरका रुपमा छन् । उमेरले पाका भएका व्यक्तिहरु बरालिएका छन् । सत्तरी वर्षको उमेर पार गरेको हजुरबुबाहरुसँग प्रतिस्पर्धात्मक कार्यमा तम्सिने युवाहरुको जोश र जाँगर छ तर त्यसता वृद्धहरुले ेशको विकासका ढाँचाहरु प्रस्तुत गर्न नसकेको नेपालको अवस्था छ । उनीहरु भन्छन् – राजनीति गर्न पढाइको महत्वो छैन । उनीहरुमा सोच र समझदारी, प्रतिशोधात्मक रणनीति छ ।
आर्थिक अनियमितता छ । नागरिकका लागि जवाफदेही बन्न सकेका छैनन् । नियमको पालना छैन । कार्यशैली मितव्ययी र पारदर्शी छैन । त्यसैले देशलाई उभो लगाउन सकेनन् । आफ्नो स्वार्थसिद्ध गरेर पुँजीपति बनेको दृश्य देखिन्छ । त्यसकारण सामुदायिक स्कूलहरुको अवसथ बिग्रिएको छ । तुइन तरेर नदी पार गर्नेहरुको पढाइ कमजोर मात्र होइन, भताभुङ्ग, लथालिङ्ग छ । यस्तो वातावरणमा देशले गुणस्तरीय जनशक्ति कसरी उत्पादन गर्ला ? चिन्ताको विषय शिक्षा भएको छ ।
अहिले नेपालको शिक्षण संस्थाहरुले तुलनात्मक रुपमा दक्ष जनशक्ति उत्पादन गर्न समस्या छ ।
आर्थिक, सामाजिक, राजनीतिक र नैतिक रुपमा देखिएका समस्याहरुको समाधान गर्न नगर र गाउँपालिकाहरु पनि सक्षम छैनन् । उनीहरुलाई १२ कक्षासममको निरीक्षण, निर्देशन, समन्वय र आर्थिक व्यवस्थापनको समेत जिम्मेवारी दिएको छ तर उनीहरुको आर्थिक स्रोत सरकारी अनुदान बाहेक अन्य आय सेत सीमित छ । यस्तो परिस्थितिमा स्थानीय तहको सरकारले सुधारात्मक कदम चाल्न सक्दैन । विनाशक्तिको भारी बोकाउनु शिक्षालाई अपहेलना गरेको हो । संविधान त्रुटिपूर्ण छ ।
यसमा शिक्षामा सुधारात्मक संशोधन हुनुपर्छ भन्ने भनाइ शिक्षा विज्ञहरुको छ । तुइनको ठाउामा झोलुङ्गे पुल बन्न सकेन । पढ्न चाहना गर्ने नानीबाबुहरुको समस्या समाधान गर्न ५ वर्षसम्म नसक्ने राजनीतिज्ञ बनेका नेताहरुको कार्यक्षमताको कमजोरी हो भने राजनीतिमा नैतिक दायित्व नभएको हो भन्ने भनाइ नागरिकको छ । आजका साना नानीबाबुहरु भोलिको नेपालका जनप्रतिनिधि बन्नेछन् । उनीहरुले चाहना गरेको शिक्षण संस्थाहरुबाट पनि आफ्नो भविष्य उज्ज्वल हुने क्षिा पाउन नसक्ने हुन्छ ।
त्यसैले होला तुइनबाट स्कूल पढ्न त्रिसुली नदी पार गरेर आउने विद्यार्थीहरु भन्छन् – हाम्रो यो ठााउँको मान्छे जनप्रतिनिधि छैनन् । गाएँलेहरुका समस्याहरु नेताहरुले बुझेका छैनन् । हामीले पढेर युवावस्थामा जनप्रतिनिधि भयौँ भने तुइनबाट त्रिसुली नदी पार गरेर पढेको सम्झौँला । त्यस समयमा झोलुङ्गे पुल बनाउँला ।
नेपालको लोकतान्त्रिक गणतन्त्रमा हुनेखाने, धनपैसा भएका, लडाकु, बिचौलियाको शक्ति छ । गरिब र विपन्नवर्गका मानिसहरुलाई धेरैले चिन्दैनन् । शक्तिको भक्तिमा रमाउनेहरु मात्र जनप्रतिनिधि बनेका छन् । उनीहरुले शिक्षा विकास गर्न सामुदायिक स्कूलहरुको उन्नति र प्रगतिभन्दा संस्थागत स्कूलहरुमा लगानी गर्छन् । शिक्षालाई बगरेको मासुपसल जस्तो हेर्छन् ।
व्यापारीकरण गर्छन् र भन्छन् – गुणस्तरीय शिक्षा नै संस्थागत शिक्षण संस्था हो । त्यस्तो महँगो शिक्षालाई अपनाउन गरिब र विपन्न परिवारले धान्न सक्दैनन् । छोरालाई समान शिक्षाको अवसर दिन पनि सक्दैनन् । तसर्थ, शिक्षा र स्वास्थ्यको सुधार राज्यले गर्नुपर्छ । पढ्ने वातावरण सहज बनाउनुपर्छ । पढ्न आउने विद्यार्थीहरुका लागि आउजाउ गर्न नदीहरुमा तुइनको ठाउँमा झोलुङ्गे पुल बनाउनुपर्छ ।
गाउँको विकास नभएसम्म सहरको विकास र आपूर्ति सम्भव छैन । गाउँको विकासका लागि सडक, खानेपानी, बिजुलीबत्ती, सिंचाइ कुलो, शिक्षा र स्वास्थ्यको व्यवस्था हुनुपर्छ । जबसम्म गाउँमा यस्ता विषयमा राज्यको ध्यान जान्न तबसम्म उत्पादनमा वृद्धि र रोजगारको वातावरण बन्दैन । नेपाल गाउँ–गाउँले भरिउको ठाउँ हो । खेतीपाती र रोजगारीमा जीवन धान्नेवर्गको बसोबास छ । यो वर्गका ािग सरकारको ध्यान गएको छैन ।
शिक्षा र स्वास्थ्य प्राप्तिका लागि गाउँ छोड्नेहरु बढ्दै छन् । गाउँको खेतीपातीको समयमा रोजगारीका लागि भुल्थे । काम गरेर उत्पादन बढाउँथे । अब छोराछोरी पढाउन, धनपैसा कमाउन सहरबजार बस्ने चलन बढेकाले गाउँका जमिन बाँझो भएका छन् । सिंचाइको राम्रो प्रबन्ध हुन सकेन । उत्पादित वसतुभाउले पनि बजार पाएन । सरकारको ध्यान पनि बजारीकरणतर्फ गएन । आयस्रोत बनाउन र शिक्षाका लाग पनि बजार हेर्नुपर्ने वातावरण भयो ।
यो समस्याले तुइन तरेर छोराछोरी पढ्न पाउने बाबुआमा पनि समस्यामा छन् । पढ्ने विद्यार्थीहरुले पनि शान्तिको अनुभूति गर्न पाएनन् । त्रिसुलीको तुइन तरेर पढ्नेहरुको पीडालाई सुन्ने र बुझ्ने सरकार कहिले आउला भन्छन्– तुइन तरेर त्रिसुली नदी पार गर्ने विद्यार्थीहरुले ।