नागरिक समस्या र राजनीतिक रडाको

भूपेन्द्र सुवेदी
नेपालको सधै उठाउँदै आएको राजनीति र कुटनीतिक बिषय बिगत २००७ सालदेखि चल्दै आएका बिषयबस्तु अलग–अलगका विषय बनेका छन् । त्यो के हुँदैछ ? नेपालमा जे–जति राजनीतिक पार्टीहरु छन्, आ–आफ्नै नियम विधि–विधानमा कोही चल्न सकेको अवस्था छ । सबै आ–आफ्नै स्वार्थको वरीपरी परिक्रमा गर्दै आएका बिषय हुन् । जहाँसम्म राजनीतिक बिषय अब कस्तो हुन पुग्यो भने जुवाको खाल बराबर भयो ।

सबैलाई कुर्ची चाहियो तर सम्पूर्ण पार्टी हरुलाई भाग पुग्ने गरी स्थानीय सरकार, प्रदेशस्तरीय सरकार, संघीय स्तरीय सरकार निर्माण गरेर संविधानमा नै पारित गरेर सिंगो नेपालको मात्र (एक ) अटल नेपाल रहनुमा नेताहरुलाई चित्त बुझेन र अब विभिन्न नाममा परिचित नेपाल बनाउन उद्धृत भएको आजको अबस्था हो तर देशको बिकास र राजनीतिको निकास खोज्न सधै उत्तर र दक्षिण तथा पश्चिमाहरुको चाकरी गर्दैमा आफ्नो हैसियत गुमाएको अवस्था छ ।

पार्टीहरुले आ–आफ्नो राजनीतिक स्वार्थ सिद्धको लागि मात्र काम गर्दै आएको अवस्था छ र यसबीचमा उल्लेख गर्नैपर्ने बिषयबस्तुहरुमा आम नागरिकहरुको आजको ज्वलन्त दैनिकी समस्यामा कुनैलाई चासो रहेको छैन । खाली निर्वाचनको एक हप्तामात्र भोट माग्न घर–घरमा आ–आफ्नो बिगतदेखि उठान हुँदै आएका थोत्रा घोषणा–पत्रको माध्यमबाट भोट माग्ने काम हुन्छ तर हिजोको नागरिकसँग मैले के–के बोलेको छु त्यो काम भयो भएन ? भनेर फर्केर अबलोकन गर्ने चलन नै नेपालमा छैनभन्दा हुन्छ ।

समस्या हिमाल, पहाड, तराईका दूरदराजमा बसोबास गर्ने नागरिकका समस्याप्रति कुनै पार्टीहरुको चिन्ता छैन । त्यस्ता स्थानमा रहेकाहरुको समस्या भनेको दैनिकी उपभोग्य बस्तुको आपूर्तिको कारण सधै निराशा भएको अवस्था छ ।

त्यहाँ खानी नूनको अभाव, खाद्यान्नको अभाव, औषधि उपचारको अभाव, हिमालमा हिउँको कारणले हुने क्षतिको अभावमा रहेको केही क्षेत्रमा आफूले लगाएको बालीनाली बन र बन्यजन्तुबाट बालीको क्षति भएर कुनै स्थानमा गाउँ नै छाडेर हिडेको अवस्था, खेतीपाती लगाए पनि समयमा मल–बीउको र कृषि उपचारविना खेती उब्जाउमा ह्रासको कारण आम नागरिकको दैनिकी समस्यामा छन् कुनै स्थानमा खानेपानीसमेत राम्रो सुरक्षित खान नपाएको अबस्था छ ।

नत हिमाली भूभागको समस्यामा कोही नेताले म गर्छु भन्छन् न त पहाडी क्षेत्रको समस्यामा बोल्छन् जनता तराईमा सितलहरले एउटा ओढ्ना नपाएर जाडोले कठ्यांग्रिएर मृत्यु भएको अबस्थाप्रति कोही बोलेको सुनिँदैन । अब केको र कसको आस गर्ने ? नेपालमा सुनिन्छ बिश्वचर्चित नायक सुनिल सेट्टीले बम्बैको कोठीमा बेचिएका १२८ चेलीहरुको उद्धार गरी आफ्नै खर्चमा हवाई टिकट काटिदिएर नेपाल फर्काए भन्ने समाचार सुन्दा साह्रै खुसी पनि लाग्यो तर जहाँबाट भए पनि जसले सहयोग गरेर नेपाली चेलीहरुको उद्धार गर्नेको प्रशंसा जति गरे पनि पुग्नेछैन । उहाँलाई बधाईको पात्र बनेकोमा हामी नेपालीको तर्फबाट शुभकामना छ ।

अब हाम्रो नेपालका नेता, कार्यकर्ता, पार्टीको छातामुनी रहेका र अन्य बुद्धिजीवी बर्ग कसैले कसैलाई फर्केर हेर्ने चलन नेपालबाट हराएकै हो त ? उखान छ मनुष्य जवान भएपछि, बाल्यकाल भुल्दोरहेछ, बिबाह भएपछि मातापिता भुल्दोरहेछ, छोराछोरी भएपछि दिदीबहिनी, दाजुभाइ भुल्दोरहेछ । धनी भएपछि गरिबलाई भुल्दोरहेछ, बृद्ध भएपछि भुलेकाहरुलाई सम्झिँदो रहेछन् भन्ने सत्यकथामा आधारित लाग्यो ।

आजको नेपालको राज्य सञ्चालकहरु जो–जो जहाँ जहाँ रहेर काम गरे जनताको नाम बेचेर त्यो जनताको समस्या देखाएर आएको रकम आ– आफ्नो स्वार्थमा सीमित रहेको कारण आजसम्म गरिएका समस्या सामाधान, न त सुकुम्बासीका समस्या समाधान भए, न त किसानका समस्या समाधान भए नत नेपालका होनहार युवाहरुलाई स्वदेशमा बसेर आफ्नै देशको विकास गर्ने र आफ्नो दैनिकी चलाउने अवसर पाए ।

खाली नेपाल सरकारले विभिन्न देशमा कुल्लीको काममा खाडी मुलुकमा बाहिरिने र कोही उतैबाट लास बनेर बाकसमा आउने स्थिति कहिलेसम्म होला ? आफ्नै देशमा भएका बिगतका कलकारखानालाई पुनःसञ्चालन गरेमात्र धेरै बिदेस जाने युवाहरुको समस्या समाधान हुने थियो तर नेपालको अनगिन्ती सम्पदामा बिदेशीले आँखा लाएकै छ । नेताहरुलाई विभिन्न बहानामा लोभ देखाएर नेपालको बिकासको नाममा उता एमसीसी, कहिले एसपीपीको नामको प्रोजेक्ट भित्र्याएर यहाँको अमूल्य सम्पदाको उत्खनन् गर्ने उद्देश्य राखेको नेपालका नेताहरुले किन बुझ्दैनन् ?

सधै आफ्ना देशका जनताको समस्याको बारेमा आफ्नो राष्ट्रियताको बारेमा र आफ्नो अमूल्य सम्पदाको बारेमा कहिले कुनै नेताहरुले सम्बोधन गरेको पाइँदैन । स्वदेशको सम्पदाको कसले दोहन गर्दै आएको छ त्यसको समेत मूल्यांकन गरिएको छैन । कहाँ कहाँ, के–के सम्पदाको खानीहरु छन् त्यसको सरकारसँग रेकर्ड नै छैन होला अबको समस्या केहो भन्ने बेला नयाँ नेपाल गर्ने बेला उही ०७ साले तरीका के हो यस्तो खाली उसले खायो मैले पाइनँ भन्नेमै मरिहत्य गर्नेहरुसँग कसले के आस गर्ने हो र ? एउटालाई पल्टाउने अर्कोले दाउ छोप्नेबाहेक नेपालमा केही भएन र अब राम्रो होला भन्ने आश पनि राख्नु ब्यर्थै भयो ।