जिपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नियुक्त

अमेरिका,२५ पुस । गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलाई नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनयन गरिएको छ।

उहाँको राजनैतिक सकृयता, विगतको जो वाईडेन र कमला ह्यारिस् राष्ट्रपती/उपराष्ट्रपती जिताउँ अभियानमा खेल्नुभएको भूमिका, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको बिशेष भूमिका निर्वाह, जिपि कोईराला फाउन्डेशन अमेरिका च्याप्टरमार्फत लामो समयदेखि जुझारू र सशक्त टिम बनाई कोरोना कहरकाबीच समेत समाजमा उल्लेखनीय योगदान पुर्याएकोलगायतका पक्षहरूको समग्र मुल्यांकन गरी सो पदमा नियुक्त गरिएको नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताए।

नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनीतिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गरेका हुन। मोर्सेद अलाम पर्यावरण रसायनज्ञ हुन । उनी पूर्व आयुक्त NYC मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड २९ उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन १९९८ मा NYS सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लिकन उम्मेद्वार विरुद्धमा 42% मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कलमा आश्चर्यचकितनै पारेका थिए।

अध्यक्ष आलमले उपाध्यक्ष पदमा नियुक्त भएकोमा सोमनाथ घिमिरेलाई बधाई दिँदै नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ सशक्त रुपले सबै कार्यकारी सदस्यहरूसँग सहकार्य गरी आगामी रणनीति एवं कार्यदिशामा सम्बद्द सबैलाई समेटी डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या सशक्त ढंगले अझै धेरै बढाउॅंदै हाम्रो प्रभावकारीता थप उचाईमा पुर्याउने बताएका छन् ।

अमेरिकामा जिपी कोईराला फाउन्डेशनमार्फत सामाजसेवामा अहोरात्र खटिएका घिमिरेको समग्र मुल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष जस्तो गरिमामय पदमा मनोनयन गरिएको सुखद खवरले फाउन्डेशन परिवारमा उर्जा एवं हौसला बढाएकोमा प्रशन्नता व्यक्त गर्दै जिपी कोईराला फाउन्डेशन अमेरिका परिवारकोतर्फबाट उहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना तथा शुभेच्क्षा व्यक्त गरेको छ ।

साथै उहाँको नेतृत्वमा आगामी दिनमा नयाँ अमेरिकी डेमोक्रेटिक क्लले समेत समाज विकास र परिवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन अमेरिका परिवार विश्वस्त रहेको जिपी कोईराला फाउन्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले बताएका छन् ।