कोरानाको कहर : दाङका ६ पालिकाको अनुगमन
इन्द्र डिसी
दाङ २६ चैत । जिल्ला समन्वय समिति दाङले पालिकाहरुले कोभिड १९ को संक्रमणबाट जोगिन गरेको तयारीको बारेमा जानकारी लिएको छ । बुधवार समन्वय समितिले घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र बंगलाचुली गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरानटाइन, भारत तथा तेस्रो मुलकबाट आएको मानिसको तथ्याङ र राहत वितरणको बारेमा पालिका प्रमुख तथा प्रतिनिधिसँग जानकारी लिएको हो ।
मगलवार मात्र पश्चिम क्षेत्रका ४ वटा पालिकाको अनुगमन गरिएको थियो । सवैपालिकाहरुले कोरान्टाइन निर्माणदेखि राहत वितरण र विदेशवाट फर्केका लगत राखेका पाइएको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए । उनका अनुसार सवैपालिकाको अनुगमन गरेसँगै पालिकाहरुसँग समन्वयमा थप रणनिती तयार पारिने छ । पहिलो चरणमा सवै पालिकाले गरेको कामको बारेमा जानकारी लिने काम पुरा भएको समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले बताए । पालिकाहरुले कोरानाबाट जोगिनको लागि सचेता फैलाउने काम गरेका र त्यसलाई थप प्रभावकारी बनाएर लैजान सुझाव समेत दिएको उप्रमुख शर्माले बताए । बुधवार समन्वय समितिका प्रमुख नेपालीका नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपलिकामा भैराखेको तयारी बारेमा जानकारी लिएको थियो भने उपप्रमुख शर्माको नेतृत्वमा गएको टोलीले लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा र राजपुर गाउँपालिकाको अनुगमन गरिएको थियो ।
अनुगमनमा घोराही उपमहानगरले घोराही ३ को कुइरेपानी, परिवार नियोजन संघमा ३० वेडको कोरानटाइन सञ्चालनमा ल्याएको र रझेना माविलाई तयारी अवस्था राखेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । त्यसैगरेर कोरानटाइमा ५ जना बसेको,पहिलो चरणमा ५ सय १ जनालाई प्रति सदस्य ५ किलो चामल, दाल, तेल लगायतको राहत वितरण गरेको प्रमुख चौधरीले वताए । त्यसैगरेर भारत तथा अन्य मुलकबाट १ हजार २ सय ६९ जना आएको उपमहानगरपालिका जनाएको छ । त्यसैगरेर बंगलाचुली गाउँपालिकाले ३० वेडको कोरानटाइन सञ्चालनमा ल्याएको, भारत र अन्य मुलकबाट १ हजार ५ सय आएको र ६ सय जनालाई राहत वितरण गरेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । त्यसैगरेर लमहीमा ३० वेडको कोरानटाइन सञ्चालन गरेको , पहिलो चरणको राहत वितरण गरेको र विदेशवाट यो समयमा ८९ जना आएको नगरपालिकाले जनाएको छ । राप्ती गाउँपालिकाले २५ वेडको कोरानटाइन,७ सय२९ जना र निलसागर सेवा आश्रमलाई राहत वितरण र १ सय ६२ जना विदेशवाट आएको पालिकाले जनाएको छ ।
गढवा गाउँपालिकाले दुई ठाउँमा गरेर ११ बेडको कोरोनटाइन निर्माण गरेको र ४ जना कोरानटाइमा बसेको, राहत वितरण विहीबारदेखि वितरण गर्ने र यो समयमा भारत र विदेशबाट गरेर १ सय ५७ जना आएको गाउँपालिकाले जनाएको छ । त्यसैगरेर राजपुर गाउँपालिकाले २५ वेडको कोरानटाइन निर्माण गरेकोमा ३ जना बस्दै आएको पालिकाले जानारी दिएको जिल्ला समन्वय अधिकारी सावित्रा पनु थापाले वताइन । यो समयमा पालिकामा भारत तथा अन्य मुलकबाट गरेर १ सय जना आएको समेत पालिकाले जनाएको छ ।
