‘पक्राउ परेका व्यक्ति रिपोर्टर्स क्लबमा आबद्ध छैनन्’
तुलसीपुर , २६ चैत्र । लकडाउनको समयमा वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिडिरहेका तुलसीपुर उपमहानगरपालिका १७ का १८ वर्षीय मेघराज सुनारलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिले रिपोर्टस क्लव दाङको रिपोर्टर भनि खिमबहादुर डिसिको नाममा नक्कलि परिचयपत्र देखाएको र सो नाम भएको व्यक्ति पाँच नम्बर प्रदेशमा रिपोटर्स् क्लबमा नरहेको प्रदेश संयोजक शरद रेग्मीले विज्ञप्ति माफत जानकारी गराएका छन् ।
साथै पक्राउ परेका व्यक्ति र रिपोर्टर्स क्लबको नक्कलि परिचयपत्र बनाएका खिमबहादुर डिसिलाई पनि आवश्यक कार्बाहिको लागि दाङ प्रहरी समक्ष उनले माग गरेका छन् ।
दाङ सहित पर्देश नम्बर ५ मा रहेका करिब दुई सय बढि क्रियाशिल पत्रकारहरुको फोरमका रुपमा रहेको साझा सस्था रिपोर्टर्स क्लब दाङको नाम बदनाम गराउन किर्तेकाम गर्ने जोकोहिलाई पनि कानुन अनुसार कार्बाहिको लागि स्थानीय प्रशासन समक्ष उनले कारवाहिको माग समेत गरेका छन् ।
