अग्नी पिडितलाई देव विकास बैँकले दियो सहयोग
देवी भण्डारी
हापुरे, चैत २६ । अग्नी पीडित मंगत कामीलाई हापुरेमा रहेको देव विकास बैँकले राहत उपलव्ध गराएको छ। गत चैत्र १७ नते बबई गाउपालीका ५ हापुरे पदमपुर स्थित सामुदायिक वनकार्यालयको भवन नजिकैको एक घर आगलागी भएको थियो ।
आगलागीबाट डेड लाख बरावरको अन्न पात तथा एक छाने घर जलेर नष्ट भएको थियो । देव विकास बैँक शाखा कार्यालय हापुरेले ९० केजी चामल २ केजी नुन, २ लिटर तेल, २ केजी दाल, ५ पीस सावुन १ प्याकेट बेसार घरमै पुगेर राहात स्वरुप सहयोग गरेको हो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा देव विकास बैँक हापुरे शाखाका शाखा प्रमुख असिम केसी बबई गाउपालिका वडा नं ५ का वडा अध्यक्ष डम्मरबहादुर श्रीस, हापुरे उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञानप्रसाद आईतबारे , ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख देवराज वली, पत्रकार वालकृष्ण पाण्डेलगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको थियो ।
