मेयर कपको पहिलो दिन वडा न १० र १८ बिजयी

दाङ,२० पुस । घोराही उपमहानगरपालिकास्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा घोराही उपमहानगरपालिका वडा न १० र १८ बिजयी बिजयी भएका छन् ।

घोराही उपमहानगरपालिका- १८ नवलपुर खेल मैदानमा भएको प्रतियोगिताको उदघाटन खेलमा वडा नं. १८ ले वडा नं. ६ लाई ४-१ गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । वडा न १८ चौथो संस्करणको बिजेता टोली हो ।

त्यसैगरि बुधबार भएको दोस्रो खेलमा वडा नं.१० ले वडा नं. १२ लाई २-० गोलले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा १० नम्बर वडाले प्रतियोगितामा बिजय सुरुवात गरेको छ । प्रतियोगिताका अन्तरगत बिहीबार बिहान ८:१५ बजे वडा नं. २ र १ का बिच खेल हुने भएको छ । त्यसैगरी दोस्रो खेल बिहान ९:४५ बजे वडा नं. ११ र १४ बिच हुनेछ आयोजकले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १:०० बजे वडा नं. ८ र ९ र अन्तिम खेल २:४५ बजे वडा नं. ५ र ७ बिच हुने भएको छ । लिक कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा घोराही उपमहानगरपालिका पालिकाका १९ वटै वडाको सहभागिता रहेको छ। चार समुहमा विभाजन गरिएको खेलमा समुह `ए´ मा वडा नम्बर १२, १०, ९ र १६ रहेका छन् भने समुह `बी´ मा वडा नम्बर ५, ७, १, ६ र १७ रहेका छन् । यसैगरी समुह `सी´ मा वडा नम्बर २, १, ३, १९ र १३ रहेका छन भने समुह `डी´ मा वडा नम्बर १४, ११, २ र १५ रहेका छन् ।