दाङ, चैत्र २६ । दांगिशरण गाउँपालिकामा राहात प्रदान गर्नेमा मिहला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेड नै पहिलाे संस्था भएकाे छ । विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसका कारण भएकाे लकडाउन वाट परेकाे शंकट माेचन गर्नका लागि महिला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेडले सबै भन्दा पहिला राहात प्रदान गरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।
गाउँपालकाकाे समन्वयमा ४२ हजारकाे १० क्विइन्टल चामल संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले गाउँपालिकाका जिन्सि व्यवस्थापक मस्तविर चाैधरीलाई राहात प्रदान गर्नुभएकाे हाे । गाउँपालकामा अहिले सम्म कुनै पनि संस्थाले राहात प्रदान नगरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ । अहिलेकाे अवस्थामा महिला सामुदायिककाे याे राहातले गाउँपालिकालाई ठुलाे सहयाेग पुग्ने गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीले वताउनु भयाे । अहिले विपन्नकाे छनाेट भैरहेकाे वताउदै सबैकाे तथ्यांक संकलन र खाद्य सामाग्री जम्मा भएपछि एक द्वार प्रणालि वाट राहात वितरण गरिने अध्यक्ष चाैधरीले जानकारी दिनुभएकाे छ । त्यसैगरी संस्थाले तुलसीपुर उम-महानगरपालिकालाई पनि राहात प्रदान गरेकाे छ ।
संस्थाका बरिष्ठ प्रवन्धक लाेकमणी रेग्मी, वजार व्यवस्थापक कमलाकान्त दाहाल र सञ्चार अधिकृत देविराम कुसारीले ६३ हजारकाे १५ क्विइन्टल चामल नगरपालिकाका प्रमुख धनश्याम पाण्डेलाई राहात प्रदान गर्नुभएकाे हाे । राहातले स्थानिय जनताकाे समस्या सामाधानमा सहयाेग पुग्ने वताउदै प्रमुख पाण्डेले यतिवेला देखिएकाे मनाे सामाजिक समस्याका वारेमा पनि समन्वयकारी भुकिका खेल्दिन वरिष्ठ प्रवन्धक रेग्मिसंग अाग्रह गर्नुभएकाे थियाे । मनाे सामाजिक समस्या समाधानका वारेमा संस्थासंग चालिम प्राप्त मनाे विमर्षकर्ता पनि भएकाे वताउदै सकारात्मक सहयाेग गर्न तयार रहेकाे वताउनुभएकाे थियाे ।