दाङ, १५ पुस । दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित एकान्त टोल बिकास संस्थाको दशौ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभाले एकान्त टोल बिकास संस्थाले पछिल्लो एक बर्षमा भए गरेका गतिबिधि र आगामी कार्यक्रमबारे समेटेर संस्थाका सचिव हेमराज शर्माले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरदकुमार आचार्यले प्रस्तुत गरेका थिए ।
साधारणसभाले टोलमा रहेका अपुरा सडक कालोपत्रे र भिङ्रेली चोकदेखी पूर्वतर्फको सडकमा कालोपत्रे थप गरि स्तरउन्नतिको लागि घोराही उपमहानगरपालिकामा माग गर्ने,सडक बत्ति ब्यवस्थित र प्रभावकारी बनाउने, टोल सफासुग्घर राख्न नियमित सरसफाइको ब्यवस्थापन गर्ने, आवश्यक सहयोगकालागी टोलबासीसग वार्षिक रुपमा आर्थिक संकलन गर्ने लगायतका निर्णय गरेको छ ।
एकान्त टोल बिकास संस्थाका कार्य समिति सदस्य मिनराज लम्सालको स्वागत मन्तब्यबाट साधारणसभामा बुद्धिमणि पन्त, नारायण प्रसाद शर्मा, दामोदर खनाल, केशवराज पोख्रेल, कुमार वसन्त आचार्य, ऋृषिराज अधिकारी, हेमराज अधिकारी, लगायतकाले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण टोल बिकास संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।