अम्बिकेश्वरी क्याम्पसमा शोसल ओयलफियर क्लव गठन

 दाङ, १५ पुस । अम्बिकेश्वरी क्याम्पसमा शोसल ओयलफियर क्लव गठन गरिएको छ ।

क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता तथा क्याम्पस अध्यक्ष द्रोण खड्काको प्रमुख आतिथ्यतामा भएको भेलाले क्लव गठन गरिएको हो । भेलाले बोमकला बोमपाल मगर को नेतृत्वमा क्लब गठन गरेको हो ।

जसको उपाध्यक्षमा रोशनी धिताल, सचिबमा रणबहादुर खड्का, सह सचिबमा शिवकुमार चौधरी तथा कोषाध्यक्ष सुस्मिता लामिछाने रहेका छन् । क्लव ४५ सदस्य रहेको छ ।

क्लबको ब्यबस्थापकमा बसन्तप्रसाद रिजाल र सल्लाहकारमा द्रोण खड्का,नरेन्द्र बन्जाडे , कृति डि सि तथा गौरब भट्टलाइ मनोनीत गरिएको छ । कार्यक्रम सञ्चालन क्लबका सचिब रणबहादुर खड्काले गरेका थिए ।