आलोक भावुक
गढवा, १० पुस । गढवा गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको आइतवार समापन गरिएको छ। मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगितामा कर्मचारीकातर्फबाट श्याम बहादुर बिक र पिताम्बर चौधरीको जोडी प्रथम भएको छ ।
त्यसैगरी कैलाश चौधरी र बिनय कुमार यादवको जोडी द्वितीय भएको छ। गढवा त्यसैगरी जनप्रतिनिधिको तर्फबाट हरिभगत चौधरी र ओमप्रकाश चौधरीको जोडी तृतीय स्थानमा हासिल गर्न सफल भएको छ। त्यसैगरी महिला कर्मचारीतर्फ टिका रावत र धनकुमारी चौधरीको जोडी प्रथम भएको छ भने अञ्जु चौधरी र चित्रा पुन मगरको जोडी द्वितीय र बिष्णा पन्थी र कमला भट्टको जोडी तृतीय स्थान हांसिल गरेको छ। प्रतियोगितामा कर्मचारीको तर्फ बिनय कुमार यादव उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका हुन ।
प्रतियोगितामा प्रथम स्थान हुने जोडीलाई २० हजार, द्वितीय हुने जोडीलाई १० हजार र तृतीय स्थान हासिल गर्ने जोडीलाई ५ हजार नगर र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार नगद र सम्मान पत्रले पुरस्कृत गरिएको हो। पुरुषतर्फ २० जोडी गरी ४० र महिलातर्फ ५ जोडी गरी १० जनाले प्रतियोगितामा भाग लिएका थिए ।
कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको थियो । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष पोख्रेलले कप, मेडल, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेको खेलकुद संयोजक श्यामबहादुर बिकले जानकारी दिएका छन् । समापन कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।