गढवा उद्योग बाणिज्य संघको साधारणसभा

आलोक भावुक
गढवा, ९ पुस । गढवा उद्योग वाणिज्य संघको ७ औ वार्षिक साधारणसभा गढवा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष खिमबहादुर बुढामगरको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुबेदीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

साधारणसभालाई सम्वोधन गर्दै प्रमुख अतिथि सुबेदीले उद्योगी र व्यापारीबाट नै सञ्चालित बैंकहरुले उद्योगी र ब्यापारीहरुसंग राम्रो ब्यवहार नगरेको बताउदै बैंकहरुले उद्योगी र ब्यापारीहरुसंग ब्याजदर र अन्य बिषयमा सकारात्मक हुनुपर्ने बताएका हुन । उनले झोलामा बोकेर गाउंघरमा व्यापार गर्दै हिडेको ब्यापारीहरुले गर्दा ब्यापारिक कर नउठेको बताउदै त्यस्ता ब्यापारी लाई प्रतिबन्धित गर्न आवश्यक रहेको बताएका थिए ।

त्यसैगरी कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उद्योग बाणिज्य संग गढवा छोटो समयमै राम्रो प्रगति गरेको भन्दै सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कोरोनाकालदेखि नै उद्योगी र ब्यापारीहरुलाई ठुलो असर परेकोले उद्योगी र ब्यापारीहरुलाई निराशा पैदा भएको बताएका थिए ।

साधारणसभामा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाका वडाध्यक्ष विरबहादुर आले मगर, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णवहादुर बुढाथोकी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर केसी, गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल,हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीले व्यवसायीहरुको हकहितमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकी, सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, गढवा होटेल व्यवसायी संघका सचिव तिलक बहादुर पुन, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठक, रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, इप्रका गढवाका प्रतिनिधि पवन कुमार चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य जगत आचार्य, चेतनशिल महिला समाज केन्द्रकी शकुन्तला डिसि, गढवामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतकाको उपस्थिति रहेको थियो।

संघको संस्थागत प्रतिबेदन संस्थाकी सचिव मधा न्यौपाने र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष खुमानन्द पोख्रेल ले प्रस्तुत गरेका थिए । संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका उपाध्यक्ष ओमप्रकाश बसेलले गरेका थिए ।