नरदेवी माविले मनायो ६६ औं बार्षिक उत्सव

दाङ,११ पुस । नरदेवी माद्यामिक विद्यालय घोराही–९ तेघराले बिभिन्न कार्यक्रम गर्दै आफ्नो ६६औँ वार्षिकउत्षव सम्पन्न गरेको छ । वार्षिकउत्सव समारोहका बक्ताहरुले बिद्यालयले शिक्षा क्षेत्रमा कायम गरेको गुणस्तरीयताको प्रशंसा गर्दै आगामी दिनमा थप अगाडी बढ्नुपर्ने बताएका थिए ।

समाज वालवालिकाहरुलाई विद्यालयमा झिकाउन विद्यालयमा आएकालाई टिकाउन र त्यसपछि समाजमा बिकाउने शिक्षा प्रदान गर्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए । साथै उनीहरुले सरकारी बिद्यालयको शैक्षिक गुणस्तर दिनप्रतिदिन ओरालो लागेको गुनासो समाजबाट आउने गरेको भन्दै त्यसलाई चिरेर अगाडी बढ्न सुझाव दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक कमल खड्काले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन तथा आगामी दिनमा बिद्यालयले गर्ने कामका योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी घोराही उपमहानगरपालिका ९ का वडाध्यक्ष चैतुकुमार चौधरी, घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख घनश्याम ओली, शिक्षा अधिकृत नारायणप्रसाद पौडेल, जिल्ला समन्वय समितिका सदस्य हरीदेवी पोख्रेल, नेकपा एमालेका झग्गुप्रसाद गौतम, माओवादी केन्द्रका नेपबहादुर डाँगी, राप्रपाका मोहन बस्नेत, विद्यालयका पुर्व शिक्षक अमरभूप डाँगी, समाजसेवी पुर्णबहादुर बस्नेत, बिद्यार्थी भोजराज जिसीलगाएतले आआफ्नो धारण राखेका थिए ।

कार्यक्रममा पुस ८ गतेदेखि विद्यालयले वार्षिकउत्सवका समयमा आयोजना गरेका बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यार्थीहरुले विभिन्न नाँच तथा अतिरिक्त कृयाकलापहरु प्रस्तुत गरेका थिए । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षत तथा नोखबहादुर गोसाँइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक राजेन्द्रप्रसाद भट्राईले गरेका थिए ।