प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बालकोटमा सहमति

काठमाडौं,१० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको दलहरुको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति बनेको हो ।