मीनबहादुर केसी स्मृती कप फुटबलमा मंगलबार सेमिफाइनल खेल हुने
लक्ष्मण बस्नेत
दाङ,१९ मंसिर। तुलसीपुरको दमारगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ मा मंगलबार सेमिफाइनल खेल हुने भएका छ्न् ।
टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा युवा संजाल तुलसीपुर-३ र ज्ञानज्योती क्लब तुलसीपुर रातो भिड्नेछन् । खेल मध्याह्न १२ हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा टाईगर युवा क्लब तुलसीपुर-३ ए र ज्ञानज्योती क्लब तुलसीपुर कालो आमनेसामने हुने आयोजकले जानकारी दिएको छ ।
यसैबिच सोमबार भएको अन्तिम क्वाटर फाईनल खेलमा फर्साटिकर फुटबल क्लबलाई सुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले सेमिफाइनल यात्रा तय गरेको छ ।
उल्लेख्य दर्शकका बिच भएको खेलको पहिलो हाफ् गोल रहित कडा प्रतिस्पर्धा र रोमाञ्चक भएपनी दोस्रो हाफ्मा फर्साटिकरको कमजोर डिफेन्सिपका कारण टाईगरलाई ४-० को जित निकाल्न सहज भयो ।
फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको छ ।