प्रमोद आचार्य,
दंगीशरण, १९ मंसिर । दंगीशरण गाउँपालिकाको आयोजनामा स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुकालागी उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि ४ दिने तालिम आइतबारदेखि गाउँपालिकामा सुरु भएको छ ।
गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व बिकासमा टेवा पु¥याउन तालिमको आयोजना गरीएको सामाजिक विकास समितीका संयोजक रोशन जङ्ग शाहले बताएका छन् । गाउँपालिका अध्यक्ष सम्भु गिरीको शभापतीतत्वमा ४ दिने तालिमको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले महिला जनप्रतिनिधिहरुको ब्याक्तित्व विकास गर्न ४ दिने तालिम फलदायी हुने बिश्वास ब्यक्त गरेका थिए । राज्यको मुल प्रवाहमा महिला नेतृत्व आउनु पर्ने र महिलाहरुको नेतृत्व विकासमा आफु सदैब सकारात्मक रहेको बताएका हुन ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर वली ,सामाजिक विकास समितीका संयोजक रोशनजंग शाहलगाएतको सहभागीता रहेको थियो । महिला बालबालिका शाखाकि प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शाखाकी महिला विकास सहायक निरीक्षक चन्द्रा वलीले गरेकी थिइन ।