दाङ,१७ मंसिर । ३१ औं अपाङ्ग दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुलाई स्वीटर सहयोग गरिएको छ ।
घोराही उपमहनागरपलिका–१४ स्थीत जेष्ठ नागरिक दिवासेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यले नेपाल अपाङ्ग संघ खगेन्द्र नव जीवन केन्द्रद्वारा संचालित अपाङ्ग पुर्नस्थापना केद्रमा बस्ने ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ८ थान स्वीटर सहयोग गरेका हुन ।
त्यसैगरेर आचार्यले १ दर्जन बिस्कुट र नगद १ हजार एक सय रुपैया सहयोग प्राप्त भएको अपांगत पुन स्थापना केन्द्रले जनाएको छ ।