सुभाष न्यौपाने
हुन्न पनि भन्दैनन्, हुन पनि दिँदैनन्
तन्नेरीलाई यी बूढाले टेर्दै टेर्दैनन् ।
तन्नेरी भन्ने पनि लुसुक्क र खुसुक्क,
भन्या जस्तै भेटाएसी त्यतै खुसुक्क ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जब रवि लामिछानेलाई आउनुस् तपाईँको नेतृत्वमा सरकार गठन गरौँ भन्दा जसरी रविले गगन थापाले नेतृत्व गर्छन् भने म त्यो सरकारमा सामेल हुन तयार छुँ । त्यसपछि राजनीतिमा नयाँ तरंग आएको छ, युवाहरुको जोश र जाँगरमा थप बल मिलेको छ । नेपाली राजनीतिमा अहिलेसम्म पाका पुस्ता नै सरकार र दलको नेतृत्वमा रहने । आवश्यकताअनुसार परिवर्तीत हुनुपर्छ । हारजित सबैको आफ्नो ठाउँमा छ । आई कांग्रेसले राहुल गान्धीलाई अध्यक्ष बनाउँदा उनी कति वर्षका थिए ? सबैले समयको मागलाई पछ्याउनु पर्छ । म बूढो, म जेठो, मैल्े नै नेतृत्व गर्नुपर्छ भन्ने मान्यता अहिलेको पुस्ताले नमान्न पनि सक्छ । हरेक संगठनभित्र विद्रोहका आधार नीति पनि हुन् ।
बहस गर्दै जानेक्रममा अबको पुस्ताले उखान टुक्का र लोलोपोतो मन पराउँदैनन् । त्यो सबैले बुझ्नुपर्ने हुन्छ । रवि लामिछानेले भनिसके कि गगन थापाको नेतृत्वमा बन्ने सरकारलाई हाम्रो स्वतन्त्र पार्टीको समर्थन् रहन्छन् । केपी ओलीले त भनेकै थिए नि रविलाई तिम्रो नेतृत्वमा सरकार गठन गरौँ, हामीसँग आउ । तर पनि युवाले एउटा हिम्मतवाला युवा रोजे । ज्येष्ठलाई तिरस्कार होइन सम्मानपूर्वक विश्राम दिनु आजको आवश्यकता पनि हो । रुग्न शरीर, शिथिल मानसिकताले कहिल्यै पनि सकारात्मक सोचका साथ अगाडि बढ्न सक्दैन । मानिस जति नै क्रियाशील हुन खोजे पनि उसको आफ्नो जीर्ण शरीरका कारण क्रियाशील रहन सक्दैन ।
त्यसैले कुनै पनि व्यक्तिले आफूले पदीय जिम्मेवारी बहन गर्नुभन्दा पहिले आफ्नो शारीरिक अवस्था कस्तो छ भन्ने बरेमा ख्याल गर्नु जरुरी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच निर्वाचन सम्पन्न भएपश्चात आलोपालो प्रधानमन्त्री बन्ने भन्ने चर्चा चलिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जसरी सम्मानपूर्वक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न तयार रहेको सार्वजनिक भएपछि राजनीति केही हदसम्म तरंगीत त भएकै छ । नेपाली कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा रहेको र शेरबहादुर, रामचन्द्रजस्ता पुराना नेताहरुसँग पनि मुकाबिला गर्नुपर्ने परिस्थिति छ ।
यसपालिको निर्वाचनमा विगतमा स्थापित दलहरुलाई चुनौती दिँदै भर्खरै दर्ता भएका दल र स्वतन्त्रहरुले उछिन्ने अवसर पाए । खसेको मतको पाँच प्रतिशत मत बदर रहेको निर्वाचन आयोगले जनाएको छ । विशेष गरी सहरिया क्षेत्रमा, ग्रामीण तथा दुर्गम क्षेत्रका तुलनामा बदर मतको संख्या बढी रहेको पाइयो । २०६४ को निर्वाचनमा ५ दशमलव १७ प्रतिशत मत बदर रहेको थियो । गत स्थानीय निर्वाचनमा २ दशमलव ४ प्रतिशत मत बदर भएको थियो । यस पटकको निर्वाचनमा ५० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च गरेको थियो । ०७४ को निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेस यस पटकको निर्वाचनमा पहिलो भएको छ ।
चार प्रदेशमा बहुमत हासिल गरेको सरकारी गठबन्धन टोली तीन प्रदेशमा नेकपा एमालेले सरकारको नेतृत्व गर्ने अवस्था देखिएको छ । बदलिँदो राजनैतिक परिस्थितिअनुसार हिजोको बलियो राजनीतिक शक्ति नेकपा एमाले अहिले दोस्रो दर्जामा झरेको छ । ०७४ मा प्रत्यक्ष १६५ सिटमध्ये ८० सिट जितेको नेकपा एमाले अहिले ४२ सिटमा अग्रता कायम गर्न सफल भएको छ । नेकपा एमालेको सन्दर्भलाई भन्नुपर्दा नेपाली कांग्रेस अगाडि देखिएको छ । निर्वाचनको परिणाम आइसक्न लाग्दा नेपाली कांग्रेसका महामन्त्री तथा युवाहरुको भरोसाका केन्द्र गगनकुमार थापाले भावि प्रधानमन्त्रीको रुपमा आफूलाई उभ्याउन जुन हस्तक्षेपकारी तयारी गरिरहेका छन्, त्यस विषयलाई नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलका युवा नेता तथा स्वतन्त्र सांसदहरुले समेत सकारात्मक संकेत दिइरहेका छन् ।
नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाशले त निर्वाचन पहिले नै उद्घोष गरिसकेका थिए कि भावि प्रधानमन्त्रीमा गगन भनेर । अर्को काठमाडौं ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका अन्य नेताहरुले समेत आशा नगरेका क्षेत्रमा प्रदीपको उदय भएको छ । उनी पनि गगनकै समकक्षी हुन् । राष्ट्रि स्वतन्त्र पार्टीका अध्यक्ष तथा मुलुकले आशा गरेका व्यक्ति रवि लामिछानेले जुन सकारात्मक संकेत गरेका छन् त्यो पनि गगनको लागि पहिलो उर्जा हो । के गगनलाई शेरबहादुरले प्रस्ताव गर्लान् ? राजनैतिक दलहरु भएसम्म आफ्नै स्थापित दलहरुमा आफ्ना राजनीतिक दलहरु नै आफैमा स्थापित गर्न चाहन्छन् ।