Goraksha

National Daily

जिससद्वारा स्थानीय सरकारको कोरोना बिरुद्धको तयारीका बारेमा जानकारी

इन्द्र डिसी

दाङ चैत २५ । जिल्ला समन्वय समिति दाङले स्थानीयतहले कोभिड १९ को संक्रमणबाट जोगिन गरेको तयारीको बारेमा जानकारी लिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, बबई र दंगिशरण गाउँपालिकाले गरेको कामको बारेमा जानकारी लिएको थियो ।

टोलीले पालिकाले निर्माण गरेको क्वारान्टाइन, भारत तथा तेस्रो मुलकबाट आएको मानीसको तथ्याङ र राहत वितरणको बारेमा जानकारी लिएको समन्वय अधिकारी सावित्रा पुन थापाले वताइन । समन्वय अधिकारी थापाका अनुसार दंगीशरणले १० वेडको क्वारान्टाइन सञ्चालनमा ल्याएको र राहत वितरणको काम शुरु गरको छ । गाउँपालिकामा भारत र अन्य मुलक गरेर २७ जना आएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरेर बबई गाउँपालिकाले ३० वेडको क्वारानटाइन निर्माण गरेको छ । क्वारानटाइनमा २ जना बसेका छन् । यस अघि २० जना बसेका थिए । पालिकाले राहत वितरणको काम अझै शुरु गरेको छैन । राहत वितरणको लागि लगत लिने काम भैराखेको पालिकाले जनाएको छ । त्यसैगरेर शान्तिनगर गाउँपालिकाले १० वेडको क्वारानटाइन सञ्चालन गरेको छ । पालिकाले ९ सय १३ जनालाई राहत वितरण गरिसकेको जनाएको छ । पालिकामा भारत र तेस्रो मुलकवाट गरेर यो विचमा ६९ जना आएको पालिकाले जनाएको छ । त्यसैगरेर तुलसस्ीपुर उपमहागरपालिकाले २ सय वेडको क्वारानटाइन निर्माण गरेको जनाएको छ ।

क्वारानटाइन वेडमा १४ जना बसेका छन् । त्यसैगरेर १ हजार ८ सय ६२ जनालाई राहत वितरण गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकामा भारत र अन्य मुलकबाट गरेर ३ सय जना आएको उपमहानगरपालिकाले जनाएको छ । पालिकाले कोरानाबाट बच्नको लागि गरेको तयारी, राहत वितरण र अन्यको बारेमा जानकारी लिने काम भएको छ’ समन्वय समितिका प्रमुख नेपालीले भने ‘राहत वितरणलाई प्रभावकारी बनाउन र रोगबाट जोगीन सचेतना जगाउन समेत स्थानीयतहलाई भनेका छौ ।’ त्यसैगरेर समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले मंगलवार पश्चिम क्षेत्रका स्थानीय तहले गरेको कामको बारेमाजानकारी लिएको र बाँकि स्थानीयतहले कोरानाबाट जोगिन गरेको तयारीको बारेमा बुधवार अनुगमन गरिने बताए ।