आफूखुशी होइन, पालिकासंगको समन्वयमा मात्र राहत : प्रशासन
इन्द्र डिसी
दाङ २५ चैत । जिल्ला प्रशासन कार्यालय दाङले राहत वितरणलाई स्थानीय तहसँगको समन्वयमा मात्र वितरण गर्न सवैमा आग्रह गरेको छ । ‘राहत वितरणको नाममा जथाभावी, आफूखुशी राहत संकलन र वितरण गर्ने गरेको बुझिन आएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले मगलवार जारी गरेको सुचनामा भनिएको छ ‘यो कार्य सरकारको नीति विपरित हो, यस्तो कार्य तत्तकाल रोक्नु पर्छ ।’
कोरना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण ज्याला मजदुरी गरी खाने अती विपन्न तथा सिमान्तकृत वर्गलाई अप्ठेरो परेको भन्दै पालिकासँगको समन्वयमा मात्र राहत वितरण गर्न जिल्ला प्रशासन कार्यालयले सूचनमार्फत सवैमा आग्रह गरेको छ । सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउन बैशाख ३ गतेसम्म जारी रहने छ । सोमवारमात्र सरकारले लकडाउनको समय ८ दिन थप गरेको थियो ।
यसैविच कोरोनाको लक्ष्यण देखिएकाहरुलाई राख्नका लागि दाड जिल्लाभर ३ सय ४२ क्वारान्टाइन वेड तयारी अबस्थामा रहेका छन् । हाल ति वेडमा २९ जना बसेका छन् । त्यसैगरेर आइसोलेसनका लागि १ सय ६६ वेडमा १३ जना छन् । आज मंगलवार ती मध्य कोही पनि डिस्चार्ज नभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । उनका अनुसार मंगलवार कुनैपनि व्यक्तिको स्वाव परीक्षणको लागि पनि पठाइएको छैन । जिल्लाका दशैवटै पालिकाहरुले क्वारान्टाइनहरु निर्माण गरेका छन् । त्यसैगरेर प्रदेश सरकारले समेत कोराना विशेष अस्पताल समेत सञ्चालन गरेको छ
