दोब्बर भाडा लिने एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा
दाङ,२५ चैत । बिरामीबाट दोब्बर बढी भाडा लिने मेडिकल सञ्चालकका छोरा, एम्बलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमही–तुलसीपुर सडक खण्डमा प्रचलित भाडादर भन्दा बढी भाडा लिने एम्बुलेन्सलाई आज मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ भएपनि बिरामीबाट ७ हजार रुपैया लिएएपछि लमहीमा रहेको कृपा पोलिक्निक एण्ड मेडिकल हलका छोरा ४० बर्षीय कृष्ण आचार्य, एम्बुलेन्स चालक कलमलप्रसाद खनाल र एम्वुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन ।
बिरामीबाट बढी भाडा लिने कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिरामीबाट बढी भाडा लिएको पाईएपछी उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवार्ही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
